काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ३५ अंकले घटेर २,६८४ को विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लागनीकर्ताले ६ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएको छन् ।


















