IME Life New

धितोपत्र बोर्डबाट हिमालयन बैंकले पायो एफपीओ जारी गर्ने अनुमति, घट्यो प्रतिकित्ता मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले एफपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार २२ गते हिमालयन बैंकलाई एफपीओ ल्याउन अनुमति दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएसँगै अब हिमालयन बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५७ रुपैयाँमा एफपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

यसअघि हिमालयन बैंकले धितोपत्र बोर्डमा निवेदन दिँदा अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम ६९ रुपैयाँ थपेर १६९ रुपैयाँ एफपीओ जारी गर्न अनुमति मागेको थियो। तर, धितोपत्र बोर्डले प्रिमियममा १२ रुपैयाँ घटाएर एफपीओ जारी गर्न अनुमति दिएको छ।

हिमालयन बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ। बैंकको एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS