IME Life New

परिपालना अधिकृतहरुका लागि धितोपत्र बोर्डको प्रशिक्षण कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आयोजनामा शुक्रबार राजधानीमा सूचीकृत संगठित संस्थाका परिपालना अधिकृतहरुका लागि सूचीकृत संगठित संस्थाले प्रवाह गर्नुपर्ने सूचना, विवरण तथा जानकारी सम्बन्धमा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

धितोपत्र बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख कार्यकारी निर्देशक डा नवराज अधिकारीबाट उद्घाटित कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले कार्यक्रमबारे प्रकाश पारेका थिए। त्यसपछि कार्यक्रमको अध्यक्षता गरेका सुपरिवेक्षण विभागका विभागीय प्रमुख कामु कार्यकारी निर्देशक रुपेश केसीले सहभागीहरुलाई स्वागत गर्दै उद्घाटनसत्र समापन गरेका थिए।

Esewa
Crest

कार्यक्रममा बोर्डका निर्देशक हरिप्रसाद भुसालले परिपालनासम्बन्धी कानुनी व्यवस्थाका बारेमा प्रस्तुति दिएका थिए। यस्तै कार्यक्रममा निर्देशक अम्बिका ओझा गुप्ताको अनुपालना अवस्थासम्बन्धी चुनौती र समस्या विषयक प्रस्तुतीकरण रहेको थियो।

प्रशिक्षणपछि सहभागीहरुसँग छलफल तथा अन्तरक्रिया सत्र पनि आयोजना गरिएको थियो। कार्यक्रममा समापन मन्तव्य बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्रकारले राखेका थिए।

सूचीकृत विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त कम्पनीका परिपालना अधिकृत लक्षित कार्यक्रममा कुल ७५ जना परिपालना अधिकृतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS