IME Life New

फरवार्ड माइक्रोफाइनान्सद्वारा सिटी सफारी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सिटी सफारी वितरण गरेको छ। गरिबी र बेरोजगारीसँग जुधिरहेका विपन्न युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सिटी सफारी वितरण गरेको हो ।

संस्थाको शाखा कार्यालय खनार, सुनसरीद्वारा असार २० गते आयोजित कार्यक्रममा १० जना गरिब, बेरोजगार तथा आर्थिक रूपले कमजोर युवाहरूलाई सिटी सफारी हस्तान्तरण गरिएको हो।

Esewa
Crest

फरवार्ड माइक्रोफाइनान्सले दैनिक ज्यालामजदुरी गरेर जीवन धान्न मुस्किल हुने अवस्थाका परिवारलाई लक्षित गर्दै रु २ लाख ६५ हजार मूल्यको सिटी सफारी सहुलियतपूर्ण सर्तमा उपलब्ध गराएको हो। यसबाट स्वरोजगार सिर्जना हुँदै ती व्यक्तिहरूको परिवारको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ।

सफारीहरू श्री गणपति पिजी एण्ड सप्लायर्स कम्पनी, विराटनगरबाट खरिद गरी लाभग्राहीलाई आवश्यक तालिम समेत दिई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख बचन कुमार चौधरी र शाखा प्रमुख सिमला कुमारी चौधरीले संयुक्त रूपमा सवारी हस्तान्तरण गरेका थिए।

सफारी प्राप्त गर्नेहरूमा प्रबिन चौधरी, कारीलाल चौधरी, खातुन बेगम, धनिन्द्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मोहम्मद सजाद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS