IME Life New

शेयर बजारमा आज दुई पुनर्बीमासहित यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा उक्लिएको छ।

सामान्य अंकले बजार बढ्दा नेप्से उपसमूहमा ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.०६ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ८७ कम्पनीको शेयरभाउ बढ्दा १६२ वटाको घटेको छ। बजारमा आज साढे ९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ४९ करोड ४० लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरः ३७ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३४ करोड २४ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ३२ करोड ८९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ८४ लाख रुपैयाँ
  • साहास ऊर्जाः २७ करोड ८७ लाख रुपैयाँ
  • बुटवल पावरः २२ करोड ३४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड १ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १७ करोड २१ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १६ करोड ८० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS