IME Life New

हुम्ला जोड्ने कर्णाली राजमार्गमा ‘अस्थायी’ पुल उद्घाटन गर्न जाँदै प्रधानमन्त्री ओली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले हुम्लाको चुवाखोलामा जडान गरेको बेली ब्रिज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्। पुल उद्घाटन गर्न हेलिकप्टरमार्फत आइतबार दिउँसाे खार्पु पुग्ने कार्यक्रम रहेको छ।

यो अस्थायी पुल जडानसँगै झण्डै तीस वर्षदेखि निर्माणाधीन कर्णाली राजमार्ग अन्तर्गत हुम्ला सदरमुकाम सिमिकोटलाइ राजमार्गसँग जोडेको छ।

Esewa
Crest

सेनानी कुल बहादुर घलेको नेतृत्वमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले ४० दिनभित्र नदीको दुबै छेउमा पक्की संरचना निर्माण सहित फलामे पुल जडानको काम सम्पन्न गरेको हो।

सेनाले जडान गरेको बेली ब्रिज स्थायी प्रकृतिको पुल भने होइन । पक्की पुलको तुलनामा यो पुलको फलामे संरचनाहरू खिया लाग्ने, फुट्ने लगायतका समस्या निरन्तर अाइरहने भएकाले नियमितरूपमा मर्मत संभार गर्नुपर्ने हुन्छ। यसबाहेक पक्की पुलको तुलनामा यसको भारवहन क्षमता कम हुन्छ। त्यसैले प्राविधिकहरूको भनाइमा यो काम चलाउ प्रकृतिको र छोटो समयका लागि जडान गरिने पुल मात्र हो।

मन्त्री परिषद बैठकले पुस १६ गते हिल्सा सिमिकोट सडक खण्डको खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। यो पुल खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा निर्माण गरिएको हो।

नेपाली सेनाले निर्माण गरेको सो बेलिब्रिको लम्बाइ ५२ मिटर रहेको छ । यो पुलको निर्माणका लागि नेपाल सरकारले ६ करोड ५० लाख रूपैयाँ उपलब्ध गराएको थियो।

हालै मात्र सडक विभागले कान्तिपथ अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बगुवामा बागमती नदीमाथि २४.४ मिटर लम्बाइ र पाँच मिटर चौडाई भएको बेलिब्रिज जडान गरेको थियो। यो पुलको लागत १ करोड ४० लाख रूपैयाँ थियो गत वर्ष भदाैको बाढीले पक्की पुल क्षतिग्रस्त बनाएपछि सेनाले बेलि ब्रिज जडान गरेकोमा खोलामा बैशाखमा बाढी बढेर थप क्षतिपुगेपछि सडक विभागले थप लामो फलामे पुल जडान गरेको हो।

नेपाली सेनाका अनुसार, सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट नेपाली सेनाको टोलीले बेली ब्रिजको फलामे संरचनाहरू कठिन बाटो हुँदै निर्माणस्थलसम्म ओसारेको थियो।

नेपालगञ्जको दक्षिण भारतको रूपैडिया नाका देखि चीनको हिल्सा नाका जोड्ने उत्तर दक्षिण राजमार्गको कुल लम्बाई ५०५ किलोमिटर रहेको छ। यो राजमार्ग अन्तर्गत कालिकोटको खुलालुदेखि चीनको हिल्सासम्मको लम्बाइ २६८ किलोमिटर रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS