IME Life New

वर्षातमा गाईभैँसीलाई रोग लाग्न नदिन सावधानी अपनाउन पशु सेवा विभागको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षातको समयमा गाईभैँसीलगायत चौपायामा विभिन्न प्रकारको रोगको संक्रमण देखिने जोखिम हुने भएकाले पर्याप्त सावधानी अपनाउन पशु सेवा विभागले किसानलाई सुझाव दिएको छ।

विभागले साप्ताहिक बुलेटिन जारी गर्दै वर्षाको समयमा पशुवस्तुको खुट्टाको कापतिर घाउ हुने, पाक्ने औंसा पर्ने, खुर कुहिने आदि समस्या देखिन सक्ने भएकाले पशुवस्तुको हिँडडुल, चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटेनरी प्राविधिकसँग सम्पर्क गर्न किसानलाई सुझाव दिएको छ।

Esewa
Crest

विभागका अनुसार देशका विभिन्न स्थानमा गाईभैँसीमा लम्पी स्किन रोग देखा परिरहेको रोग लाग्न दिनुअघि नै जैविक सुरुक्षा उपायहरु अपनाई लम्पी स्किन रोगविरुद्धको उपलब्ध खोपहरु लगाउन किसानलाई सचेत गराएको छ।

पशुहरुा किर्नाको टोकाइबाट लहुमुते रोग (प्रायः कफी रङको वा रातो रङको पिसाब फेर्ने, पिसाबबाट आधा घन्टाजति सफा टेस्टट्युब वा गिलासमा नहल्लाई राख्दा सतहमा रगत नजम्ने) सर्ने भएकोले किर्नाबाट पशुहरुलाई जोगाउन बुटक्स २ एमएल प्रतिलिटर पानीमा मिसाई किर्ना भएको ठाउँमा हप्तामा २ पटकको दरले ४ हप्तासम्म स्प्रे गर्नुपर्छ।

शंखेकीराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिम क्षेत्रमा पशु वस्तुलाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशुवस्तुले खाँदा नाम्ले रोग लाग्न सक्दछ। तसर्थ, पशुवस्तुलाई घाँस खुवाउनुअघि घाममा ओइलाएरमात्र खुवाउनुपर्ने पशु स्वास्थ्य विशेषज्ञको सुझाव छ।

विभागका अनुसार वर्षाको समयमा पशुवस्तुको दानालाई ओसबाट जोगाउन त्रिपाल वा प्लास्टिकको प्रयोग गरी जमिनभन्दा अलि माथि काठको फलेक ओछ्याई भण्डारण गर्नुपर्छ।

स्वस्थ गाईभैँसीलाई अनिवार्य खोप लगाउन र गोठ तथा फार्म परिसरमा नियमित सरसफाइ गरी सफा र सुग्घर राखी लामखुट्टे झिंगा, किर्ना, भुसुना आदि कीराको संख्यालाई नियन्त्रण गर्नुपर्छ।

रोगको संक्रमणबाट जोगाउन किसानले ध्यान दिनुपर्ने पक्षहरु

१) गोठभित्र वा बाहिर ब्लिचिङ पाउडर, फर्मालिन, ग्लुटरअल्डिहाइटलगायतका रसायन प्रयोग गरी निःसंक्रमण गर्ने,

२) रोगको शंका लागेका पशुहरुलाई बथानबाट छुट्याएर राख्ने,

३) पशु मरेमा राम्रोसँग खाडलमा गाड्ने,

४) रोग देखा परेको क्षेत्रबाट गाईभैँसी ओसारपसार नगर्ने,

५) पशुको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेनरी स्वास्थ्य प्रमाणपत्र लिएरमात्र गर्ने,

६) फार्मको मुख्य प्रवेशद्वार तथा खोरबाहिर निःसंक्रमणमा प्रयोग हुने रसायनसहितको फुटपाथको व्यवस्था गर्ने,

७) नयाँ पशु गोठमा भित्र्याउँदा बथानमा नमिसाई कम्तीमा २८ दिन अलग्गै राखी रोगको लक्षण नदेखाएमा मात्र बथानमा मिसाउने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS