IME Life New

यी कारणले बैंकहरुबाट असारमा कर्जा विस्तार सुस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुबाट कर्जा प्रवाह असार महिनामा सुस्त देखिएको छ। कर्जाको माग कम हुँदा कर्जा विस्तार पनि सुस्ताएको हो।

विगतका वर्षहरुमा आर्थिक वर्षको अन्तिम महिना असारमा कर्जा विस्तारले लय समात्ने गरेको थियो। विकास खर्च बढ्ने, सरकारी बजेटको अन्तिम चरणको खर्च हुनेर विभिन्न आयोजना तथा व्यापारिक गतिविधि तीव्र हुने समय भएकाले बैंकहरुले पनि कर्जा लगानी बढाउने गरेका थिए। तर, चालु आर्थिक वर्षको असारमा भने यस्तो ट्रेन्ड देखिएन।

Esewa
Crest

अहिले कर्जा प्रवाह बढाउन नसक्दा बैंकरहरु चिन्तित बनेका छन्। कर्जा असुलीमा ध्यान दिएका बैंकहरुले पनि असुली बढाउन सकेका छैनन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४९ खर्ब ६२ अर्ब पुगेको छ। असारको अहिलेसम्म बैंकहरुले १५ अर्ब रुपैयाँमात्र कर्जा लगानी गरेका छन्। कर्जा प्रवाहको यो संख्या विगतको तुलनामा न्यून हो। यसरी अब बाँकी दिनमा पनि बैंकहरुको कर्जा विस्तार उल्लेख्य हुने देखिँदैन।

बैंकहरुले कर्जा प्रवाहको गति नसमात्नुका पछाडि विभिन्न कारण छन्। अहिले कर्जाको माग नै कमजोर भएको बैंकरहरु बताउँछन्। ठूला उद्योगधन्दा, जलविद्युत आयोजना वा नयाँ उद्यममा लगानी गर्नेसम्मको माग आउन सकेको छैन।

यस्तै मनसुन सुरु भइसकेकाले निर्माणसँग सम्बन्धित आयोजना तथा जलविद्युततर्फ पनि लगानीको सम्भावना कम छ। साथै, बैंकहरुले ऋण असुलीमा पनि समस्या खेपिरहेका छन्। ब्याजदर केही घटेको भए पनि ऋणीहरु कर्जा तिर्न इच्छुक देखिएका छैनन्।

विशेषगरी साना तथा मध्यम आकारका ऋणीहरुको ऋण तिर्ने क्षमतामा कमी देखिएको छ। महामारीपछिको आर्थिक पुनस्र्थापनाको गति सुस्त भएकोले पनि ऋणीहरु अझै पुरानो ऋणमै अल्झिरहेका छन्। यसले बैंकहरुको नगद प्रवाहमा अवरोध उत्पन्न गरिरहेको छ।

गएको जेठमा मात्र वाणिज्य बैंकहरुले ३६ अर्ब कर्जा लगानी गरेका छन्। वैशाखमा ४ अर्ब रुपैयाँ घटेको कर्जा विस्तार जेठमा केही बढेको थियो। वैशाखसम्ममा वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ११ अर्ब रुपैयाँ थियो। जेठ मसान्तसम्म आउँदा ४९ खर्ब ४७ अर्ब पुगेको छ। यो तथ्यांकअनुसार जेठमा मात्र ३६ अर्ब रुपैयाँ कर्जा लगानी बढेको देखिन्छ।

गत चैतसम्ममा वाणिज्य बैंकहरुले ४९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका थिए। वैशाखमा ४ अर्ब घटेर ४९ खर्ब ११ अर्ब रुपैयाँमा झरेको थियो।

गत साउनमा ५३ अर्ब रुपैयाँ कर्जा विस्तार भएकोमा भदौमा ५३ अर्ब रुपैयाँ, असोजमा ५६ अर्ब रुपैयाँ। कात्तिकमा २ अर्ब रुपैयाँ ऋणात्मक कर्जा वृद्धि भएको थियो।

यस्तै मंसिरमा ४२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा पुसमा यस वर्षकै सर्वाधिक धेरै ९४ अर्ब रुपैयाँ कर्जा लगानी हुन पुग्यो। त्यसपछि माघमा १२ अर्ब रुपैयाँ, फागुनमा २३ अर्ब रुपैयाँ र चैतमा ६५ अर्ब रुपैयाँ कर्जा लगानी भयो। बैशाखमा वृद्धि ४ अर्ब रुपैयाँ ऋणात्मक भएकोमा जेठमा ३६ अर्ब रुपैयाँ लगानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS