IME Life New

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोही अन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्धारा बाजुरा स्थीत श्री लक्ष्मी माध्यामिक विद्मालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाईमा अब्बल रहेका विधार्थीहरुलाई अध्ययनलाई सहज होस भन्ने हेतुका साथ एक कार्यत्रमका बीच स्कुल ब्याग वितरण गरेको छ ।

Esewa
Crest

साथै पाटन नगरपालिका–०१ मेल्चौरा बैतडी स्थित श्री सिद्धेश्वर माध्यामिक विद्मालयलाई यस बैंकको पाटन–बैतडी शाखा द्धारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ । ८०० विधार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्मालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो ।

त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित श्री बैजनाथ धाम तथा बृद्धाश्रम सेवा समितिलाई खाद्मान्न सामाग्री प्रदान गरेको छ । साथै काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.४ क्वाँटोल, चण्डेश्वरी स्थित श्री मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

साथै यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ । त्यसैगरी प्रहरी वृत मालीगाउँ काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत मालीगाँउ, काठमाण्डौंलाई स्थलगत रुपमा खटिने प्रहरीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ खानेपानी वितरण गरेको छ ।

साथै रोटरी क्लब अफ वीरगंजको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा श्री नवदुर्गा आधारभुत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS