IME Life New

मृतकको नाममा बीमा, भारतमा पीएम जीवन ज्योति बीमा योजनामा ठूलो आर्थिक घोटाला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतको मध्य प्रदेशस्ति ग्वालियर–चम्बल डिभिजनमा पीएम जीवन ज्योति बीमा योजनामा ठूलो धोकाधडी भएको घटना बाहिर आएको छ।

उक्त योजनाअन्तर्गत मृत्युपछि भारु २ लाख बीमा रकम प्राप्त गर्न पहिले नै मृत्यु भइसकेकाहरुलाई जीवित घोषणा गरेर बीमा गरिएको घटना बाहिर आएको हो। धेरैभन्दा धेरै मानिसको नाममा बीमा गरेर ठगी गर्न मृतकको ठेगानामा जिल्लादेखि राज्य परिवर्तन गरिएको पाइएको छ।

Esewa
Crest

एजेन्सीहरुले नक्कली कागजातका आधारमा मृत्यु प्रमाणपत्र जारी गर्ने र त्यसैको आधारमा बीमा कम्पनीहरुबाट प्रमाणीकरण गराएर दाबी रकम लिएका थिए। यस घटनामा ग्रामीण क्षेत्रका सचिवहरुको मिलेमतो रहेको खुलासा भएको छ।

आर्थिक अपराध शाखा (ईओडब्ल्यू) टोलीले सम्पूर्ण घोटालाको अनुसन्धान गरिरहेको छ। यसमा विभिन्न बीमा कम्पनीबाट अहिलेसम्म १ हजार ५०० भन्दा बढी मुद्दा बाहिर आएका छन्। बीमा धोकाधडीबाट कम्पनीहरुबाट करोडौँ रकम भुक्तानी भएको ईओडब्ल्यूको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि उत्तर प्रदेशको सम्भल र रामपुरमा पनि यस्तै घटनाहरु सार्वजनिक भएका छन्। आर्थिक अपराध सेल ग्वालियरलाई फेब्रुअरीमा उजुरी प्राप्त भएको थियो। अनुसन्धान सुरु गर्दा अधिकारीहरु पनि छक्क परे। ग्वालियर–चम्बल डिभिजनका जिल्लाहरुमा यस्तो गिरोह काम गरिरहेको पत्ता लाग्यो, जसले ग्रामीण क्षेत्रका मानिसलाई लक्षित गर्दछ।

वास्तवमा पीएम जीवन ज्योति बीमा योजनामा मृत्यु हुनुभन्दा कम्तीमा १ महिनाअघि बीमा गरिएको खण्डमा मात्र बीमा रकम प्राप्त हुन्छ। अनुसन्धानले यो ठगी विगत धेरै वर्षदेखि भइरहेको खुलासा गरेको छ।

यसमा सहरी क्षेत्रभन्दा बढी ग्रामीण जनता यसको सिकार भएका छन्। जसमा पञ्चायतका सचिवहरुलाई मृत्यु प्रमाणपत्र जारी गर्ने अधिकार छ। अनुसन्धान टोलीले रजिस्ट्रार भोपाल (जन्म–मृत्यु) र ग्वालियरबाट मृत्यु प्रमाणपत्रसम्बन्धी जानकारी मागेको छ।

सन् २०१५ मा सुरु भएको पीएम जीवन ज्योति योजनाअन्तर्गत बीमा प्राप्त गर्न १ वर्षमा केवल भारु ४३६ प्रिमियम तिर्नुपर्छ। १८ देखि ५० वर्ष उमेर समूहका व्यक्तिले यस योजनाअन्तर्गत आफ्नो बीमा गर्न सक्छन्। सामान्य मृत्युको अवस्थामा पनि भारु २ लाखको बीमा दाबी उपलब्ध छ।

त्यस्तैगरी १८ देखि ७० वर्ष उमेर समूहका व्यक्तिलाई पीएम सुरक्षा बीमा योजनाअन्तर्गत वार्षिक भारु २० को प्रिमियममा बीमा गरिन्छ। यसमा दुर्घटनामा मृत्यु भएमा ४ लाख रुपैयाँ रकम प्राप्त हुन्छ। बीमा प्रिमियमको रकम बैंकमार्फत लाभार्थीको खाताबाट स्वतः कटौती हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS