IME Life New

बंगलादेशमा १५ जीवन बीमकसहित ३२ बीमा कम्पनी “उच्च जोखिम” श्रेणीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशी बीमा नियामकले इजाजत प्राप्त मध्ये ३२ बीमा कम्पनीहरूलाई “उच्च जोखिम” श्रेणीमा राखेको छ। समस्याग्रस्त बीमा कम्पनीहरूको पुनर्संरचना, मर्जर र स्वामित्व परिवर्तन, वा लिक्विडेशनलाई अनुमति दिने मस्यौदा अध्यादेशलाई अन्तिम रूप दिएको केही दिनपछि नै नियामकले यस्तो सूची सार्वजनिक गरेको हो।

बीमा विकास र नियामक प्राधिकरणले यी बीमकहरूलाई कमजोर सुशासन र कमजोर वित्ती अवस्थालाई उद्धृत गर्दै श्रेणीमा राखेको द डेलीस्टारले उल्लेख गरेको छ।

Esewa
Crest

प्राधिकरणको मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा, इड्राका अध्यक्ष एम असलम आलमले वर्गीकरणको घोषणा गरेपनि कम्पनीहरूको नाम सार्वजनिक गरेनन्।

प्राधिकरणले उच्च जोखिम भएका बीमकहरूमध्ये १५ जीवन बीमक र बाँकी निर्जीवन बीमक छन् । बंगलादेशमा कुल ७८ वटा बीमा कम्पनीले इजाजत प्राप्त गरेकोमा ३२ वटा जीवन बीमा कम्पनी छन्, बाँकी निर्जीवन बीमा कम्पनी।

“उच्च जोखिम” को रूपमा लेबल गरिएका कम्पनीहरू मध्ये, १५ “अव्यवहारिक” अवस्थामा छन्, जबकि “मध्यम जोखिम” समूहले सामना गरिरहेका समस्याहरू “समाधानयोग्य” रूपमा हेरिएका छन्।

नियामकले हालै बीमा समाधान अध्यादेश २०२५ लाई अन्तिम रूप दिएको छ। यो अध्यादेशले टाटपल्टिएका बीमकर्ताहरूलाई टाटपल्टिएको घोषित गर्ने व्यापक अधिकार दिनेछ।

द डेली स्टारका अनुसार, पत्रकार सम्मेलनमा प्राधिकरण अध्यक्ष आलमले बीमा उद्योग संकटको सामना गरिरहेको स्वीकार गरेका छन्। उनले बीमा कम्पनीहरू संकटमा फँस्नु र बीमा क्षेत्रप्रति जनविश्वास कमजोर हुनुमा नियामकको समेत दोष छ।

प्राधिकरणका अनुसार,सन् २०२४ को अन्त्यमा जीवन बीमा क्षेत्रमा लगभग ४५ प्रतिशत र निर्जीवन क्षेत्रमा ४७ प्रतिशत दाबीहरू अनिश्चित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS