IME Life New

यी ८ देशसँग छ अमेरिकाभन्दा ठूलो तेल भण्डार, कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलियमलाई ‘कालो सुन’ भनिन्छ। यसबाट धेरै प्रकारका उत्पादन बनाइन्छन्। जुन धेरै उद्योगमा व्यापक रुपमा प्रयोग गरिन्छ।
यसको व्यवसाय कब्जा गर्न विश्वका देशबीच प्रतिस्पर्धा छ। पश्चिम एसियाका धेरै देशको अर्थतन्त्र पूर्ण रुपमा तेलमा निर्भर छ। हाल अमेरिका विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ता हो तर यसको धेरै ठूलो भण्डार छैन।

विश्वका ८ देशसँग अमेरिकाभन्दा ठूलो तेल भण्डार छ। तेल उत्पादक देशहरुको संगठन ओपेकका अनुसार विश्वको सबैभन्दा ठूलो तेल भण्डार दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग छ। यो देशमा ३०३ अर्ब ब्यारेल तेल भण्डार छ। जुन विश्वको कुल ज्ञात तेल भण्डारको १७.३ प्रतिशत हो।

Esewa
Crest

यस सूचीमा साउदी अरेबिया दोस्रो नम्बरमा छ। यस देशको तेल भण्डार २६७ अर्ब ब्यारेल छ। जुन विश्वको १५.२ प्रतिशत हो।

इरान यस सूचीमा २०९ अर्ब ब्यारेलको भण्डारको साथ तेस्रो नम्बरमा छ। भेनेजुएला र इरान पेट्रोलको मूल्य सबैभन्दा कम हुने देशमा पर्छन्।

क्षेत्रफलका आधारमा क्यानडा विश्वको दोस्रो ठूलो देश हो। यस देशमा १६३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ। जुन विश्वको ९.३ प्रतिशत हो।

इराकमा १४५ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ। त्यस्तै यूएईमा ११३ अर्ब ब्यारेल, कुवेतमा १०२ अर्ब ब्यारेल, रुसमा ८० अर्ब ब्यारेल, अमेरिकामा ७४ अर्ब ब्यारेल र लिबियामा ४८ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS