काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १४ अंकले बढेर २,७०३ को विन्दुमा कायम भउको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।


















