IME Life New

जीवन बीमा विस्तारका लागि भारतमा ३ वर्षे अभियान सुरु, लागत भारु ४८० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा परिषद्ले आफ्ना निर्जीवनजीवन बीमा समकक्षीहरुबाट प्रेरणा लिँदै बुधबारदेखि भारतमा राष्ट्रव्यापी अभियान ‘सबैभन्दा पहिला जीवन बीमा’को अर्को चरण सुरु गरेको छ।

यो अभियानको उद्देश्य बीमाका बारेमा जागरुकता बढाउनु र भारतमा जीवन बीमाको पहुँच विस्तार गर्नु रहेको छ। परिषद्ले यस पहलमा आगामी ३ वर्षसम्म वार्षिक भारु १ अर्ब ६० करोड (कुल भारु ४ अर्ब ८० करोड)सम्म खर्च गर्ने योजना बनाएको छ।

Esewa
Crest

आदित्य बिर्ला सन लाइफ इन्स्योरेन्सका एमडी र सीईओ कमलेश रावका अनुसार आगामी ३ वर्षसम्म परिषद्ले प्रत्येक वर्ष भारु १ अर्ब ५० करोडदेखि १ अर्ब ६० करोडसम्म खर्च गर्ने योजना बनाएको छ। ‘कम्पनीहरुको योगदान एपीई (वार्षिक प्रिमियम समतुल्य)का आधारमा हुनेछ’, उनले भने, ‘अगाडि बढ्दै जाँदा, मात्रा बढ्दै जाँदा, उपलब्ध कोष पनि बढ्दै जानेछ।’

परिषद्ले एक विज्ञप्तिमा भनेको छ, ‘यो अभियान एक वर्ष लामो पहलका रुपमा योजना गरिएको छ। यसले उपभोक्तामा व्यवहार परिवर्तन ल्याउने र जीवन बीमा समाधानहरुमा जागरुकता र पहुँच बढाउने लक्ष्य राखेको छ।’

भारतमा वित्त वर्ष २०२३ मा जीवन बीमाको पहुँच ३ प्रतिशत थियो। जुन वित्त वर्ष २०२४ मा २.८ प्रतिशतमा झरेको छ। जीवन बीमा उद्योगको कुल प्रिमियम वित्त वर्ष २०२४ मा वार्षिक ६.१ प्रतिशतले बढेर भारु ८.२९ लाख करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS