IME Life New

स्टक डिलरले एकपटकमा कस्ता कम्पनीको कति कित्तासम्म शेयर खरिद-बिक्री गर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा दुईवटा स्टक डिलर (धितोपत्र व्यापारी) सञ्चालनमा छन्। यी स्टक डिलर ‘मार्केट मेकर’का रुपमा सञ्चालित छन्। बजारमा सन्तुलन कायम गर्न यी स्टक डिलरको भूमिका महत्वपूर्ण मानिन्छ।

हाल नेपालको शेयर बजारमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर सञ्चालनमा छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ। यो कार्यविधिमा स्टक डिलरको कारोबार सञ्चालनसम्बन्धी स्पष्ट प्रावधान तोकिएको छ।

Esewa
Crest

कार्यविधिअनुसार स्टक डिलरले एकपटकमा गर्ने शेयर खरिदबिक्रीको परिणाम पनि निर्धारण गरिएको छ। जुन नेप्सेमा सूचीकृत कम्पनीहरुको चुक्तापुँजीमा आधारित रहेको छ।

स्टक डिलरहरुले एकपटकमा ८ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका कम्पनीको ५० हजार कित्तासम्म शेयर खरिदबिक्री गर्न पाउँछन्।

यसैगरी ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्ब रुपैयाँभन्दा कम चुक्तापुँजी भएको कम्पनीको ४० हजार कित्तासम्म स्टक डिलरहरुले खरिदबिक्री गर्न पाउँछन्।

त्यस्तै स्टक डिलरहरुले २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम चुक्तापुँजी भएका कम्पनीको ३० हजार कित्तासम्म खरिदबिक्री गर्न पाउने कार्यविधिमा प्रावधान राखिएको छ।

कार्यविधिअनुसार स्टक डिलरहरुले १ अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम चुक्तापुँजी भएका कम्पनीको २५ हजार कित्तासम्म, ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँभन्दा कम चुक्तापुँजी भएका कम्पनीको २० हजार कित्तासम्म तथा २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम चुक्तापुँजी भएका कम्पनीहरुको १० हजार कित्तासम्म शेयर खरिदबिक्री गर्न पाउँछन्।

स्टक डिलरहरुले २० करोड रुपैयाँभन्दा कम चुक्तापुँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न नपाउने प्रावधान कार्यविधिमा रहेको छ। स्टक डिलरले जतिसुकै चुक्तापुँजी भएका कम्पनीमा न्यूनतम १ हजार कित्ताभन्दा कम परिमाणको खरिद वा बिक्री आदेश प्रविष्टि गर्न नपाउने व्यवस्था रहेको छ।

कार्यविधिमा स्टक डिलरहरुले एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरिदबिक्री आदेश प्रविष्टि गर्न नपाउने प्रावधान राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS