IME Life New

बीमकलाई प्राधिकरणको कडा चेतावनी, यी कार्यमा ढिलाइ गरे रु. २० लाखसम्म जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न कार्यमा बीमकले ढिलाइ गरेको गुनासा प्राप्त भएको भन्दै चेतावनीपूर्ण सूचना प्रकाशित गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी विभिन्न कार्यमा ढिलाइ गरेको भन्दै गुनासो प्राप्त भएकोले त्यस्तो गरेको पाइएमा बीमकमाथि कारबाही गर्ने चेतावनी दिएको हो। बीमकहरुले बीमालेखका सर्तबमोजिम दायित्व निर्धारणमा बेमनासिब ढिलाइ गरेको र बीमितलाई मर्का पर्ने किसिमले दायित्व निर्धारण गरेको गुनासा प्राप्त भइरहेको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

यसैगरी क्षति मूल्यांकनका लागि समयमै सर्भेयर नखटाएको तथा खटिएका सर्भेयरले क्षतिको मूल्यांकन प्रतिवेदन समयमा नबुझाएको र अनावश्यक कागजात माग गरी हैरान दिएको भन्ने गुनासासमेत प्राप्त भएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणमा प्राप्त हुने जानकारी, विवरण वा निरीक्षण प्रतिवेदनबाट त्यस्तो कार्य भए गरेको पाइएमा सम्बद्ध बीमकलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (३) बमोजिम २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना गरिने सूचनामा चेतावनी दिइएको छ।

यसैगरी ती कार्यमा ढिलाइ गर्ने सर्भेयरलाई सोही दफाको उपदफा (९) बमोजिम २ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने सक्ने कानुनी व्यवस्था प्राधिकरणले अवगत गराएको छ।

त्यसैले कानुनी व्यवस्थाप्रति सचेत रही कार्य गर्न प्राधिकरणले बीमकहरुलाई निर्देशन पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS