IME Life New

सक्रिय रुपमा काममा खटिएका सरकारी कुकुरलाई ताइवानमा सहुलियतपूर्ण बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ताइवान सरकारले सक्रिय रुपमा काममा खटिएका सरकारी कुकुरलाई सहुलियतपूर्ण बीमा सुविधा उपलब्ध गराउने भएको छ।

ताइवानको कृषि मन्त्रालय सरकारी निकायबाट काममा सक्रिय रुपमा लगाइएका कुकुरलाई सहुलियतपूर्ण बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। यसका लागि ताइवानमा नयाँ बीमा योजना ल्याइएको छ।

Esewa
Crest

सरकारी कुकुरका लागि लान सान जनरल इन्स्योरेन्स नयाँ बीमा पोलिसी ल्याएको छ। कम्पनीले बीमाको लागत वार्षिक १३ हजार ३७४ डलर तोकेको छ। यो शुल्क ताइवान सरकारले पूर्ण रुपमा व्यहोर्नेछ।

यो बीमा योजनाअन्तर्गत कम्पनीले कुकुरलाई वर्ष ५ पटक अस्पताल उपचारमा लाग्ने शुल्क, भर्ना गर्दा लाग्ने शुल्क, शल्यक्रिया लाग्दाको शुल्क र मरेपछि गाड्न वा जलाउन लाग्नेसम्मको खर्च व्यहोर्नेछ।

कृषि मन्त्रालयले विनियमावलीमा संशोधन सरकारी कुकुरका लागि यो बीमा सुविधा आउँदो सेप्टेम्बरबाट लागू गर्नेछ। सन् २०२६ बाट भने सरकारी निकायमा सक्रिय रुपमा काम गर्दै आएका कुकुरका लागि यो बीमा योजना अनिवार्य गरिने बताइएको छ।

ताइवानका कृषिमन्त्री चेन जुन झीले यो बीमा योजनाअन्तर्गत पछि अवकाशप्राप्त सरकारी कुकुर र खोज तथा उद्धारमा खटिने कुकुरका लागि औषधोपचारको व्यवस्था गरिने बताए। जसमा भने सरकारले आंशिक सहुलियत उपलब्ध गराउनेछ।

गत मार्चसम्म ताइवानका सरकारी निकायमा २९२ वटा कुकुर सक्रिय रुपमा काम गरिरहेको तथ्यांक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS