IME Life New

एलन मस्कलाई डोनाल्ड ट्रम्पको धम्कीः ‘पसल बन्द गरेर अफ्रिका फर्किनुपर्ला’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अत्याधिक महत्वाकांक्षी ‘वान बिग, ब्युटिफुल बिल’माथि सिनेटमा मतदान भइरहेको छ। यस विधेयकका बारेमा विगत १२ घन्टादेखि मतदान भइरहेको हो।

विश्वकै धनीव्यक्ति एवं टेस्ला कम्पनीका मालिक एलन मस्कले यो विधेयकको विरोध गर्न सक्दो प्रयास गरिरहेका छन्। तर, अब ट्रम्पले मस्कलाई कडा निसाना बनाएका छन्।

Esewa
Crest

ट्रम्पले भनेका छन्, ‘मलाई राष्ट्रपति बन्न मद्दत गर्नुअघि नै मस्कलाई थाहा थियो कि म विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने नीतिहरुको विरुद्धमा छु। जहाँसम्म विद्युतीय कारको कुरा छ, त्यो ठीक छ तर सबैलाई ती किन्न बाध्य पार्न सकिँदैन। मस्कले मानव इतिहासमा जोकोहीभन्दा बढी अनुदान पाउन सक्छ तर अनुदान बिना, उनले सम्भवतः आफ्नो पसल बन्द गर्नुपर्नेछ र दक्षिण अफ्रिका फर्किनुपर्नेछ। न त धेरै रकेट लन्चर, उपग्रह वा विद्युतीय कार उत्पादन हुनेछन् न हामीले धेरै पैसा खर्च गर्नुपर्नेछ। हाम्रो धेरै पैसा बचत हुनेछ।’

मस्कलाई निसाना बनाउँदै ट्रम्पले भने, ‘डीओजीईले सम्भवतः मस्कले प्राप्त गरेको सरकारी अनुदान र सम्झौताको अनुसन्धान गर्नुपर्छ र तिनीहरुलाई काट्नुपर्छ। धेरै पैसा बचत हुनेछ ।’

ट्रम्पको यो बयान मस्कको पोस्टपछि आएको हो। जसमा मस्कले ट्रम्पको वान बिग, ब्युटिफुल विधेयकको आलोचना गर्दै यो विधेयक सदनमा पारित भयो भने नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका थिए।

मस्क ट्रम्पको उक्त विधेयकको कट्टर विरोधी हुन्। उनी भन्छन्, ‘यो विधेयकका कारण राष्ट्रिय ऋण अत्याधिक बढ्नेछ र यो २.४ ट्रिलियन डलरबाट ५ ट्रिलियन डलरसम्म बढ्न सक्छ। यसले बजेट घाटा बढाउनेछ।’

यो विधेयकले अमेरिकी नागरिकमा थप बोझ बढाउने मस्कको भनाइ छ। उनले यसलाई बेतुका र धेरै महँगो बताएका छन्।

मस्क मूल रुपमा दक्षिण अफ्रिकाका हुन्। उनी दक्षिण अफ्रिकामा जन्मेका थिए र उनले आफ्नो जीवनको ठूलो हिस्सा अफ्रिकामा बिताएका छन्। उनी १७ वर्षको उमेरमा सन् १९८९ मा दक्षिण अफ्रिकाबाट क्यानडा सरे र पछि क्यानडाबाट अमेरिका गए। त्यसपछि उनले अमेरिकामै आफ्नो व्यवसाय धेरै विस्तार गरेका हुन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS