IME Life New

यूएसएडमा कटौतीले बढायो विश्वमा १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले प्रदान गर्ने मानवीय सहायतामा कटौतीका कारण सन् २०३० सम्ममा विश्वमा १ करोड ४० लाखको ज्यान जाने जोखिम देखिएको अनुसन्धानबाट खुलेको छ।

‘द ल्यान्सेट’ मेडिकल जर्नलमा सोमबार प्रकाशित एक अनुसन्धान प्रतिवेदनअनुसार आर्थिक सहायतामा कटौतीका कारण ज्यान गुमाउने जोखिममा रहेका १ करोड ४० लाख मानिसमध्ये एक तिहाइ बालबालिका रहने उल्लेख छ।

Esewa
Crest

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) को ८० प्रतिशतभन्दा बढी कार्यक्रम रद्द गरेको बताएका थिए। ल्यान्सेट रिपोर्टका सह–लेखक डेभिड रसेलाले भनेका छन्, ‘धेरै कम र मध्यम आय भएका देशका लागि यो झट्का विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको मात्रा बराबर हुनेछ।’

विश्वका १३३ देशको तथ्यांक हेर्दा अनुसन्धानकर्ताको टोलीले अनुमान गरेको छ कि सन् २००१ देखि २०२१ सम्ममा यूएसएड कोषले विकासशील देशहरुमा ९ करोडभन्दा बढी मृत्युलाई रोकेको थियो। यूएसएडले विश्वभरका १०० भन्दा बढी देशलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ। यूएसएडका लागि रकम अमेरिकी बजेटमा छुट्याइएको थियो।

सन् २०२४ मा अमेरिकाले यूएसएडका लागि ४४.२० अर्ब डलर छुट्याएको थियो। यो सन् २०२४ का लागि कुल अमेरिकी बजेटको ०.४ प्रतिशत थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS