IME Life New

मञ्जुश्री फाइनान्सको परिमार्जित वेबसाइट सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो नयाँ परिमार्जित वेबसाईट सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको यो वेबसाईट ग्राहक मैत्री तथा अत्यन्तै जानकारीमुलक रहेको छ । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी ग्राहकलाई थप सेवा दिने उधेश्यले यो वेबसाइटलाई प्रयोगकर्ता मैत्री बनाईएको कुरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले बताए ।

यो वेबसाइटबाट प्रयोगकर्ताले संस्थाको बारेमा जानकारी, संस्थाको प्रडक्ट तथा सेवाहरुको जानकारी, पब्लिक डिस्क्लोजर अन्तर्गतको सम्पूर्ण जानकारी तथा वेबसाईटबाट नै अनलाईन खाता खोल्ने सुबिधा, अनलाईन एफडीको सुबिधा तथा वेब बैंकिङ मार्फत आफ्नो खाताबाट कारोबार गर्ने सुबिधा सजिलै उपयोग गर्न सक्ने छन् ।

Esewa
Crest

यो परिमार्जित वेबसाईटले ग्राहक सेवा लाई अझै बलियो र सुद्रिढ बनाउन, तथा संस्थाको पब्लिक डिस्क्लोजर मा अझै पारदर्शिता ल्याउन मदत पुग्ने विश्वास संस्थाले गरेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्न सधै अग्रसर मन्जुश्री फाइनान्सले आफ्ना ग्राहकवर्गको लागि सधै नवीनतम सेवाहरु ल्याइरहेको छ ।

कम्पनीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ ्र निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ । हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS