IME Life New

हुन्डीसम्बन्धी कारोबारमा सम्पत्ति जफत र १ वर्षसम्म कैदको प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले हुन्डीसम्बन्धी कारोबारलाई निरुत्साहित गर्न सम्पत्ति कठोर कानुनी व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘हुन्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरणबाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने, दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार भन्ने बुझिन्छ’, सूचनामा भनिएको छ, ‘मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क. अनुसार कसैले पनि हुन्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन।’

Esewa
Crest

यसर्थ, रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाब किताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। ‘कसैले हुन्डीसम्बन्धी कसुर गरेमा बिगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र १ वर्षसम्मको कैद हुने कानुनी व्यवस्था छ’, सूचनामा भनिएको छ।

त्यसकारण नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीको मात्र प्रयोग गर्न सूचनामा आग्रह गरिएको छ। ‘क्षणिक लाभको लोभमा हुन्डीजस्ता गैरकानुनी कारोबार नगरौँ’, केन्द्रीय बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS