IME Life New

ब्रोकरको न्यूनतम पुँजी कायम गर्ने समयावधि बढाउन नियमावलीमा संशोधन गर्दै सेबोन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर ब्रोकरहरुको न्यूनतम चुक्तापुँजी कायम गर्ने समयावधि बढाउने तयारी गरेको छ।

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले ब्रोकरहरुको न्यूनतम चुक्तापुँजी कायम गर्ने समयावधि बढाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा पाँचौँ संशोधन गर्ने प्रस्ताव गरेको हो। ‘शुक्रबार बोर्ड बैठक बसेको थियो। बैठकले न्यूनतम चुक्तापुँजी कायम गर्न ब्रोकरहरुलाई थप समय दिन नियमावलीमा संशोधन गर्ने प्रस्ताव गरेको छ’, धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने, ‘उक्त प्रस्ताव अब अर्थ मन्त्रालयमा पेस गरिनेछ। त्यहाँबाट स्वीकृत भएर आएपछि ब्रोकरलाई थप समय दिइनेछ।’

Esewa
Crest

नियमावलीमा गरिएको चौथो संशोधनमार्फत सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड रुपैयाँ तोकिएको छ। यो न्यूनतम चुक्तापुँजी २०८२ असार मसान्तसम्मको समयसीमा रहेको छ। अर्थ मन्त्रालयले धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत गरेमा आगामी आर्थिक वर्ष २०८२।८३ चैत मसान्तसम्म ब्रोकरहरुलाई न्यूनतम चुक्तापुँजी कायम गर्न समयावधि दिने गरी नियमावलीमा संशोधन गरिने बताइएको छ।

सीमित कार्य गर्ने ब्रोकरले न्यूनतम चुक्तापुँजी २० करोड पुर्याउने योजना पेस गर्न धितोपत्र बोर्डले पुस मसान्तसम्म समय दिएको थियो। धितोपत्र बोर्डले पुराना ३८ वटा ब्रोकरलाई क्यापिटल प्लान पेस गर्न पत्र नै काटेको थियो।

ती ३८ वटामध्ये अझै २ दर्जन ब्रोकरले न्यूनतम चुक्तापुँजी कायम गरेका छैनन्। ती ब्रोकले मर्जरमा जाने वा बोनस शेयर तथा हकप्रद शेयर जारी गर्ने भनेर धितोपत्र बोर्डमा क्यापिटल प्लान पेस गरेका थिए। योसँगै धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ तयार पारेर लागू पनि गरेको छ। यसअघि ब्रोकरको मर्जरसम्बन्धी छुट्टै निर्देशिका थिएन।

हाल ९० वटा ब्रोकर र २ वटा स्टक डिलर सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS