काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेर २,६३१ को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको ३१ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९२ प्रतिशतका दरले गुमाएका हुन् ।

















