IME Life New

अमेरिकामा अचाक्ली बढ्यो घर बीमाको शुल्क, अबको १० वर्षमा दोब्बर हुने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा पछिल्लो समय घर बीमाको शुल्क (प्रिमियम) अचाक्ली बढेको छ। यही गतिमा शुल्क बढ्ने हो भने अबको १० वर्षमा अमेरिकामा घर बीमाको शुल्क दोब्बर पुग्ने अनुमान गरिएको छ।

उपभोक्ता महासंघ अमेरिका (सीएफए)का अनुसार अमेरिकीका लागि घर बीमा अतिरिक्त खर्चजस्तो हुन थालेको छ। ‘बढ्दो बीमाको लागतले घरधनीहरुलाई बीमा गर्नुपर्छ भन्ने सोच घट्दै गएको छ, यसले सम्पत्तिमा जोखिम बढ्दै गएको छ’, सीएफएको हालै सार्वजनिक प्रतिवेदनम भनिएको छ।

Esewa
Crest

प्रतिवेदनअनुसार सन् २०२१ र सन् २०२४ को बीमा अमेरिकामा घर बीमाको प्रिमियम औसतमा २४ प्रतिशतले बढेको छ। अहिले घर बीमा गर्दा अमेरिकीहरुले औसत ३ हजार ३०० डलर तिर्नुपर्ने अवस्था रहेको छ।

यही गतिमा घर बीमाको शुल्क बढ्ने हो भने अबको १० वर्षमा प्रिमियम दोब्बर हुने सीएफएको अनुमान छ। यसले उच्च जोखिम क्षेत्रका रुपमा रहेका फ्लोरिडा, क्यालिफोर्निया र लुयुसियानाका आमघरधनी प्रभावित हुने देखिन्छ।

महँगी र जलवायु परिवर्तनबाट सिर्जित हुने प्राकृतिक प्रकोपले पछिल्लो समय अमेरिकामा घर बीमाको शुल्क अचाक्ली बढेको जेबीमोर्गानको प्रतिवेदनमा उल्लेख छ। लगातारको प्राकृतिक विपत्तिले घरको लागत बढाएको छ। त्यस्ता विपत्ति घरमा पुगेको क्षतिको मर्मतसम्भार लागत बढ्नु वा घर नै परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना हुनु, मर्मतसम्भारमा खटिने मजदुरको ज्याला बढ्नु, निर्माण सामग्रीको मूल्य बढ्नु आदिले घर बीमाको शुल्क पनि बढेको देखिन्छ।

बीमा कम्पनीहरुले प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका क्यालिफोर्निया र फ्लोरिडा क्षेत्रमा घर बीमा शुल्क बढाउँदै लगेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS