IME Life New

युक्रेनको ‘सेतो सुन’को भण्डारमाथि रुसको कब्जा, डोनाल्ड ट्रप हेरेको हेर्यै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युक्रेनसँगको युद्धमा रुसले गत हप्ता ठूलो सफलता हासिल गरेको छ। पूर्वी युक्रेनको शेभचेन्को गाउँवरपरको क्षेत्र रुसी सेनाले नियन्त्रणमा लिएको छ।

शेभचेन्को गाउँ डोनेट्स्कमा छ। जुन रुसले युक्रेनी सेनाबाट खोसेको छ। त्यस क्षेत्रमाथि रुसको कब्जा महत्तत्वपूर्ण छ। किनकि त्यहाँ लिथियमको ठूलो भण्डार छ।

Esewa
Crest

यो भण्डारमाथि रुसको कब्जाले युक्रेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि ठूलो धक्का दिएको छ। ट्रम्पले हालै युक्रेनको खनिज सम्पत्तिमाथि नियन्त्रण प्राप्त गर्न भोलोडिमिर जेलेन्स्कीसँग सम्झौता गरेका थिए।

अर्कोतर्फ त्यस क्षेत्रमाथि रुसको कब्जाले चीनलाई लिथियम भण्डारमा पहुँच दिन सक्छ। यसले विश्वव्यापी खनिज बजारमा प्रभुत्व जमाउन मद्दत गर्नेछ।

वैज्ञानिकहरुले सन् १९८२ मा शेभचेन्को वरपर लिथियम भण्डारको अस्तित्व पुष्टि गरेका थिए। यो गाडिएको खजाना यस क्षेत्रमा ४० हेक्टरमा फैलिएको छ। शेभचेन्कोसँग अनुमानित १३.८ मिलियन टन लिथियम अयस्क छ। जसमा लिथियम अक्साइडको उच्च सान्द्रता छ।

यो ड्रोन र उन्नत सैन्य प्रणालीमा प्रयोग हुने ब्याट्रीका लागि बहुमूल्य सम्पत्ति हो। यो क्षेत्र कब्जा गरेपछि रुसी अधिकारीहरुले भनेका छन्, ‘जब स्थितिमा सुधार हुन्छ, लिथियम भण्डारको खानी सुरु गरिनेछ।’

विश्वमा रुसको प्रभुत्व बढ्ने

रुससँग यो लिथियम भण्डारको आगमनले विश्वव्यापी शक्ति सन्तुलन परिवर्तन गर्न सक्छ। रिपोर्टअनुसार रुस र यसको मित्र चीनले शेभचेन्को गाउँको लिथियम भण्डारबाट ठूलो सहयोग पाउनेछन्। लिथियम उन्नत सैन्य र प्राविधिक प्रणालीका लागि महत्त्वपूर्ण छ। यो क्षतिले सुरक्षित आपूर्ति शृंखलाको अमेरिका–युक्रेन योजनालाई खतरामा पारेको छ र मस्कोको कदमले विश्वव्यापी प्रविधि र रक्षा बजारलाई पुनः आकार दिन सक्छ।

लिथियमलाई यसको महत्त्वको कारणले सेतो सुन भनिन्छ। यो आधुनिक रक्षा प्रणालीका लागि धेरै महत्वपूर्ण छ। यो ड्रोन, पोर्टेबल सञ्चार उपकरणहरु र उन्नत सेन्सरहरुमा उच्च क्षमताको ब्याट्रीहरुमा प्रयोग गरिन्छ। ड्रोनबाहेक लिथियम काउन्टर–ब्याट्री रडारहरु बनाउन पनि महत्वपूर्ण छ। यो अमेरिका र युक्रेनी सेनाले शत्रुको तोपखाना पत्ता लगाउन प्रयोग गर्दछ।

रुसलाई कसरी फाइदा ?

रुसले शेभचेन्कोको कब्जा गर्दा ड्रोन र अन्य प्रविधिहरुका लागि लिथियम आयात गर्नुपर्दैन। यसले विशेषगरी चीनबाट लिथियम किन्छ। चीनले विश्वव्यापी लिथियम प्रशोधनमा प्रभुत्व जमाउँछ। चीनले विश्वव्यापी लिथियम प्रशोधन क्षमताको लगभग ६० प्रतिशत नियन्त्रण गर्दछ। हालैका वर्षमा चीन र रुसबीचको रक्षा सहयोग बढेको छ। यस्तो अवस्थामा रुसको लिथियम भण्डारले पनि चीनलाई आफ्नो प्रभाव बढाउन मद्दत गर्न सक्छ।

रुसले शेभचेन्को कब्जा गरेको छ। तर, खानीको चुनौती अझै बाँकी छ। शेभचेन्कोको जटिल भूगर्भीय संरचनाका कारण उन्नत प्रशोधन प्रविधि आवश्यक पर्नेछ। जुन पश्चिमी प्रतिबन्धहरुका कारण रुससँग हाल छैन। यद्यपि, रुसले यसमा चीनबाट पनि मद्दत लिन सक्छ। चीनले पहिले नै म्यानमार र यसका क्षेत्रमा धेरै धातुहरुको उत्खनन गरिरहेको छ।

अमेरिकाको कठिनाइ बढ्ने

अमेरिकाले हालै युक्रेनसँग एक महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेको थियो। यसको उद्देश्य युक्रेनको खनिज भण्डार अन्वेषण गर्नु हो। शेभचेन्को रुस जानुले यो सम्झौतालाई कमजोर बनाउँछ। यसले युक्रेनलाई आफ्नो सेनालाई आधुनिकीकरण गर्न र पश्चिमी सहयोगीहरुसँग समन्वय गर्न पनि गाह्रो बनाउनेछ।

अर्कोतर्फ शेभचेन्को कब्जाले रुसको सैन्य–औद्योगिक क्षमताहरु बढाउन सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS