IME Life New

बंगलादेशमा राजश्व प्रशासनका कर्मचारीको हड्ताल फिर्ता, भन्सार कार्यालय खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा राष्ट्रिय राजश्व बोर्ड (एनबीआर) का अध्यक्षको राजीनामा माग गर्दै जारी आन्दोलन आइतबार राति देखि स्थगित भएको छ। निजी क्षेत्रको पहलपछि रात्री राति करिब ९:३० बजे बोर्डका आन्दोलनरत कर्मचारीले हड्ताल स्थगन गर्ने घोषणा गरेका हुन् ।

एनबीआर सुधार एकता परिषद् र व्यापारिक नेताबीच आइतबार दिनभरको छलफल र सहमतिपछि ढाकाको तेजगाउँ स्थित बंगलादेश चेम्बर अफ इन्डस्ट्रिज (बीसीआई) को कार्यालयमा पत्रकार सम्मेलनमार्फत एनबीआर सुधार एकता परिषद्का नेताहरूले आन्दोलन फिर्ताको घोषणा गरे।

Esewa
Crest

संयुक्त पत्रकार सम्मेलनमा बीसीआईका अध्यक्ष अनवर उल आलम परवेजले आइतबार दिनभर सबै पक्षसँगको भेटघाटमार्फत एनबीआर आन्दोलनकारीहरूको उचित माग सम्बोधनको प्रयास गरिएको बताए । उनले अस्पष्ट बुझाइका कारण यस्तो विपत्ति आएको पत्रकार सम्मेलनमा जानकारी दिए।

एकता परिषदको पहलमा राजस्व प्रणाली सुधार गर्न पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। आन्दोलन फिर्ता लिएपनि राजस्व प्रणाली सुधारको पहल र गतिविधिहरू जारी रहने परिषदले घोषणा गरेको प्रथम आलो अनलाइनले उल्लेख गरेको छ।

परिषदको हड्ताल आह्वानका कारण राजश्व संकलन मात्र नभएर आयात निर्यात समेत ठप्प हुन पुगेको थियो। राष्ट्रिय राजश्व बोर्ड सुधार एकता परिषद्ले आह्वान गरेको हड्ताल  कार्यक्रमका कारण चटगाउँ लायनरगाह, ढाका सार घर, बेनापोल, सोनामस्जिद, अखौरा, बुमारी सहित देशका सबै भन्सार नाका र कर संकलन गतिविधिहरू ठप्प थिए।

मे १२ मा सरकारले अध्यादेशमार्फत राष्ट्रिय राजश्व बोर्ड खारेजी गरेर दुइ फरक फरक विभाग गठन गर्ने घोषणा गरेपछि कर्मचारीले अध्यादेश खारेजी र बोर्डका अध्यक्षको राजीनामाको शर्त अघि सार्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS