IME Life New

ट्रम्पको ट्याक्स र खर्चसम्बन्धी विधेयकलाई मस्कले भने, ‘पागलपनले भरिएको विनाशकारी निर्णय’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनी र टेस्ला, स्पेसएक्स र एक्सजस्ता कम्पनीका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्क्सा र खर्च’सम्बन्धी विधेयकको ताजा सिनेट ड्राफ्टको कडा आलोचना गरेका छन्। उनले यो विधेयकलाई ‘पालगपनले भरिएको विनाशकारी निर्णय’को संज्ञा दिएका छन्।

मस्कले यस विधेयकले अमेरिकालाई गम्भीर रणनीतिक नोक्सानी पुर्याउने चेतावनी पनि दिएका छन्। उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, ‘यो विधेयकले अमेरिकामा लाखौँको रोजगारी गुम्नेछ र देशलाई भारी रणनीतिक नोक्सानी पुर्याउनेछ।’

Esewa
Crest

यो विधेयकले मेडिकेड र फुड स्ट्याम्पजस्ता कार्यक्रममा भारी खर्च कटौतीका लागि ट्याक्स छुट तथा रक्षा र डिपोर्टेसनका लागि बढाइएको फन्डसँग जोड्छ। प्रतावित ९४० पृष्ठ विधेयक आउँदो जुलाई ४ सम्म पारित गरी कार्यान्वयन गर्ने तयारी भइरहेको छ।

प्रस्तावित विधेयकको मुख्य हिस्सा ट्रम्पको ३५० अर्ब डलरको सीमा र राष्ट्रिय सुरक्षा योजना रहेका छन्। जसमा ४६ र्अ डलर अमेरिका–मेक्सिको सीमामा पर्खाल बढाउने, ४५ अर्ब डलर १ लाख प्रवासी डिटेन्सन बेडका लागि, १० हजार नयाँ आईसीई अधिकारीको भर्ना, उनीहरुलाई १० हजार डलरको साइनिङ बोनस दिइने कुरा समावेश छन्।

अमेरिकाको इतिहासमै सबैभन्दा धेरै आप्रवासीलाई डिपोर्टेसन गर्ने अभियानको एउटा हिस्साका रुपमा यो विधेयक ल्याइन लागिएको छ। यो अभियानअन्तर्गत ट्रम्पले हरेक वर्ष १० लाख आप्रवासीलाई देश निकाला गर्ने लक्ष्य लिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS