IME Life New

शेयर बजारलाई कसरी बनाउन सकिन्छ पारदर्शी ? धितोपत्र बोर्डले यसरी गर्न सक्छ सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो इतिहास बसेको नेपालको शेयर बजार अझै पनि परादर्शी ढंगले अगाडि बढ्न सकेको छैन। शेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै जाँदा लगानी जोखिम पनि उत्ति बढेको पाइन्छ। बजारका केही खेलाडीले विभिन्न तिक्डम अपनाएर सोझा र साना लगानीकर्तालाई आफ्नो जालो फसाउँदै आएका छन्। यद्यपि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बजारलाई पारदर्शी ढंगले सञ्चालन गर्ने गतिलो वातावरण अझै बनाउन सकेको छैन।

नेपालको शेयर बजारमा वित्तीय चेतना भएका लगानीकर्ता निकै धेरै छन्। अरुले भनेकै भरमा कारोबार गर्ने लगानीकर्ताको लगानी कति सुरक्षित छ भन्ने प्रश्न उब्जिन सक्छ।

Esewa
Crest

शेयर बजारमा सबैले कमाउँछन् भन्ने हुँदैन। यहाँ बजार बुझेका लगानीकर्ता पनि डुबेको अवस्था छ। बजारको चाल र कम्पनीको वित्तीय स्वास्थ्य राम्ररी अध्ययन गरेर लगानी गर्नेहरु केही सीमित व्यक्तिमात्रै शेयर बजारमा सफल भएको देखिन्छ।

यस्तो अवस्थामा आमलगानीकर्ताको लगानी सुरक्षित गर्न धितोपत्र बोर्डले उचित कदम चाल्नुपर्ने देखिन्छ। त्यसो त पछिल्लो समय बजारमा हुने अवाञ्छनीय गतिविधि रोक्न धितोपत्र बोर्डले निगरानी बढाउनुका साथै स्वघोषित प्राविधिक विश्लेषकलाई कस्ने र सामाजिक सञ्जालमा शेयर बजारका बारेमा फैलाइने अफवाह रोक्न केही विशेष व्यवस्था ल्याउन लागेको छ।

यही परिवेशमा धितोपत्र बोर्डले सामाजिक सञ्जालमा बजारलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न एउटा सुपरिवेक्षण कार्यदल गठन गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्तर्राष्ट्रियस्तरको बजार सुपरिवेक्षण प्रणालीको विकास गर्नुपर्ने पनि देखिन्छ। यस्ता कार्यदल र प्रणालीको विकासले सामाजिक सञ्जालमा बजार प्रतिकूल हुने गरी गतिविधि नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ।

अर्कोतर्फ शेयर बजारमा बलग्रेती स्वघोषित प्राविधिक विश्लेषकको संख्या बढ्दै गएको छ। त्यस्ता प्राविधिक विश्लेषकलाई कस्न धितोपत्र बोर्डले बेलैमा उचित कदम चाल्नुपर्ने देखिन्छ। यसका लागि मापदण्ड तोकेर प्राविधिक विश्लेषक, लगानी परामर्शदाता र अनुसन्धान विश्लेषकलाई लाइसेन्स दिने परम्पराको सुरुआत गर्नुपर्ने तड्कारो आवश्यकता देखिएको छ।

त्यस्ता लाइसेन्स धितोपत्र बोर्डले व्यक्तिको शेयर बजारसम्बन्धी विशेषज्ञता परीक्षण गरेर दिनुपर्ने व्यवस्था गर्न सक्छ। लाइसेन्सको समयावधि तोकेर नवीकरणको व्यवस्था सकिने प्रावधान पनि धितोपत्र बोर्डले ल्याउन सक्छ। यसका लागि धितोपत्र बोर्डले नियमावली निर्माण गरी कानुनी व्यवस्था नै गर्न सक्छ।

विशेषगरी शेयर बजारमा स्वार्थ समूहको चलखेल बढी नै हुने गरेको छ। त्यस्ता समूहलाई व्यवस्थापन गर्न धितोपत्र बोर्डले कानुनी प्रावधान ल्याउनुपर्ने देखिन्छ।

यसैगरी बजार सञ्चालक नेप्सेले हालै अन्तिम १५ मिनेटको कारोबारपछि औसत मूल्य निकालेर शेयरको अन्तिम कारोबार मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छ। यसलाई अझै समयानुकूल बनाउन आवश्यक देखिन्छ।

नेप्सेले शेयर बजारलाई व्यवस्थित रुपमा र समयानुकूल सञ्चालन नयाँ–नयाँ उन्नति प्रविधि भित्र्याउनुका साथै अन्य प्रडक्टहरु पनि ल्याउन आवश्यक देखिन्छ। नेप्से पुनर्संरचनाको विषयमा वर्षौंदेखि चलिरहेको छ। तर, हुन सकेको छैन। नेप्सेको पुनर्संरचनामा सरकारले उचित पहल गर्नुपर्ने देखिन्छ।

दुवै निकायले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बजार सुधारका उचित कार्यक्रमसँगै लगानीकर्तालाई शेयर बजार र वित्तीय जनचेतना फैलाउने गतिविधिलाई पनि समेट्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS