IME Life New

नेपाल मेडिकल कलेजद्वारा अभिमुखीकरण सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । बुधबार कलेजमा एक कार्यक्रमका विच एमडी, एमएस, एमडिएस तथा एमएस्सी नर्सिङ अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागतसँगै शैक्षिक अभिमुखीकरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले भर्ना भएका विद्यार्थीहरुलाई लगनशील र मेहनतका साथ अध्ययन गर्न सुझाए । पछिल्लो समय नेपालको चिकित्सा शिक्षाको गुणस्तरीय र प्रतिष्पर्धात्मक भएको बताउँदै विद्यार्थीहरुले स्नातकोत्तर तहमा झनै मेहनत गरेर अध्ययन गर्नुपर्ने बताए । आफुले ५० वर्षअघि अध्ययन गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै नै सुधार र फरक भइसकेको जनाउँदै प्रा.डा.अन्सारीले त्यसबेला स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु पनि कम हुने स्मरण गरे ।

Crest

‘हाम्रो पालामा पोस्ट ग्राजुएट गर्न इण्डिया जानु पर्दथ्यो । मुस्किलले १०, १५ जना हुन्थ्यौं । त्यसमा पनि सर्जरी र एनेस्थेसियामा महिला त हुँदै हुँदैनथे, धेरै महिला विद्यार्थीहरु रगत देख्ने वित्तिकै डरले बेहोस नै हुन्थे ।’ तर, विगत एक दशक यता नेपालमै मेडिकल शिक्षा सर्वसुलभ हुँदा हरेक मेडिकल शिक्षा लिने महिला विद्यार्थीहरुको संख्या बढ्दै गएको भन्दै उहाँले भन्नुभयो, ‘अहिले सर्जरी र एनेस्थेसिया अध्ययन गर्न महिला विद्यार्थीहरु बढिरहनु भएको छ, रातभर अप्रेसन कक्षमा बसेर काम गरिहनु भएको छ । यो गर्व गर्न लायक विषय हो ।’ नेपालमै चिकित्सा शिक्षा हासिल गर्ने वातावरण नहुँदो होत धेरै महिलाहरु डाक्टर बन्न सक्नुहुन्नथ्यो ।’ उनले भने ।

प्रा.डा.अन्सारीले पिजी विद्यार्थीहरुले ३ वर्ष गर्ने मेहनत, लगनशीलताले उनीहरुको भविष्य निर्धारण गर्ने बताउँदै कुनैपनि रोगको पहिचान र उपचार गर्न बिरामी प्रति गम्भिर र संवेदनशील भएर लाग्नुपर्ने बताए । ‘अबको ३ वर्ष तपाईहरुले गर्ने अध्ययन, बिरामी प्रति देखाउने व्यवहारले तपाईहरुको भविष्य कस्तो हुन्छ निर्धारण गर्दछ । यसकारण आफ्नो पेशा प्रति गम्भिर बन्नुस, मेहनत गर्नुस्, बिरामीहरु प्रति जिम्मेवार भएर प्रस्तुत हुनुहोस् । नेपाल मेडिकल कलेज तपाईहरुको अध्ययन, अध्यापनमा सदैव सकारात्मक सहयोग गर्न तत्पर रहन्छ ।’ चिकित्सा शिक्षा अध्ययन गर्न अनुशासन र मेहनत नै सबैभन्दा महत्वपूर्ण छ,उनले भने ।

कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा। साविहा यासमिनले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने बताए । ‘तपाईहरुले सोच्नुपर्यो कि बिरामी नै मेरो किताब हो, मानवीयता कहिल्लै विर्सनु हुँदैन, फेरी सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ ।’ प्रबन्ध निर्देशक डा. साविहाले लगनशीलताका सात पढाईलाई अगाडी बढाउन सुझाउँदै भने ।

पछिल्लो समय नेपालको स्वास्थ्य सेवाको विषयहरु कडा बन्दै गइरहेको र कतिपय केसहरु अदालतमा समेत पुगिरहेकोले बिरामीहरुको उपचारमा कुनैपनि लापरवाही, हेलचेक्र्याई नगरी अगाडी बढ्न आग्रह गरे ।

बिरामीको चेक जाँच, उपचार देखि डिस्चार्जसम्ममा रेजिडेण्ट डाक्टरहरुको महत्वपूर्ण भूमिका रहने भएकोले हरेक कुराहरु गहन रुपमा अध्ययन गर्न आग्रह गरे । मेडिकल शिक्षा क्षेत्रमा नेपाल मेडिकल कलेज उत्कृष्ट कलेज रहेको जनाउँदै विद्यार्थीहरुको अध्ययन, अनुसन्धान र सिकाईका लागि कलेज ब्यवस्थापन सदैव सकारात्मक रहने जिकीर गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS