काठमाडौं । नेपाल आयल निगमले असार २७ गते विशेष साधारण सभ ागर्ने भएको छ । सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजे गर्ने जनाएको छ । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
निगमको विशेष साधारण सभाले निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

















