IME Life New

बंगलादेशः एनआरबी इस्लामिक लाइफ इन्स्योरेन्सका अध्यक्ष र सीईओ मुछिए भ्रष्टाचारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशी सरकारले एनआरबी इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष किब्रिया गोलाम मोहम्मद र प्रमुख कार्यकारी अधिकृत(सीईओ) शाह जमाल हावलदारविरुद्ध भ्रष्टाचार र हिनामिनाको आरोपको अनुसन्धान गर्ने भएको छ।

अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखाले सोमबार बीमा विकास तथा नियामक प्राधिकरणका अध्यक्ष एम असलम आलमलाई पत्र पठाउँदै अनुसन्धान गर्न निर्देशन दिएको छ। पत्रमा अनुसन्धान पूरा भएपछि वित्तीय संस्था महाशाखालाई जानकारी गराउन भनिएको छ।

Esewa
Crest

एनआरबी इस्लामिक लाइफका एक बीमितले जुन १९ मा एनआरबी इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष र सीईओविरुद्ध वित्तीय संस्था विभागका सचिव नजमा मुबारकलाई उजुरी दिएका थिए। उजुरीमा मुद्रा अपचलनको आरोप लगाइएको थियो। उजुरीको छानबिन गर्न आईडीआरए अध्यक्षलाई पत्र पठाइएको छ।

प्राधिकरणका प्रवक्ता सैफुन्नहर सुमीले स्थानीय अखबार प्रथम आलोलाई भने, ‘यो विषय भर्खरै उठेको छ। यस विषयमा काम चाँडै सुरु हुनेछ।’

वित्तीय संस्था विभागमा दायर गरिएको आरोपपत्रमा किब्रिया गोलाम मोहम्मद अल युरोपेली अवामी लिगका संगठन सचिव र इटाली अवामी लिगका अध्यक्ष रहेको उल्लेख छ। उनकी श्रीमती होस्ने आरा बेगम अल युरोपेली अवामी लिगकी महिला मामिला सचिव हुन्। उनीहरुका मुख्य सहयोगी सीईओ शाह जमाल हावलादर हुन्।

बीमा कम्पनीलाई सन् २०२१ मा अवामी लिग सरकारबाट उपहारका रुपमा इजाजतपत्र प्रदान गरिएको थियो। किनकि यो कम्पनीले अवामी लिग पार्टीका लागि चन्दा सहयोग गरेको थियो। यद्यपि यसले सुरुमा राम्रो प्रदर्शन गर्यो। पछि कम्पनीको अवस्था बिग्रियो किनकि यसले अवामी लिग पार्टीको कोषमा दान गरेर पैसा हिनामिना र शुद्धीकरण गर्यो।

प्राधिकरणको यसअघिको प्रतिवेदनले अध्यक्ष र प्रमुख कार्यकारीले अनधिकृत बीमा योजनाहरु बेच्ने, अत्याधिक व्यवस्थापन लागत उठाउने, बीमालेख व्यतित दर बढाउने, कम्पनीमा ठूलो मात्रामा नगद राख्ने र एकल बीमाशुल्कलाई अवधि बीमाशुल्कका रुपमा थोरै रकम मात्र देखाएर बाँकी रकमको दुरुपयोग गर्ने षड्यन्त्र गरेको खुलासा गरेको थियो। उजुरीमा हिनामिना र ठगी गरिएको रकम फिर्ता गर्न प्रशासनिक र कानुनी कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS