IME Life New

अल्पकालीन बैंकिङ कर्जा प्रयोजनका लागि बुद्ध एयरले पायो ‘ए वान’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको वायू सेवा प्रदायक बुद्ध एयर प्रा.लि.ले इक्रा नेपाल लिमिटेडबाट बैंकिङ कर्जाका लागि रेटिङको स्तरोन्नती गरेको छ।

अल्पकालीन बैंकिङ कर्जा सुविधाका लागि ‘ए वान’ रेटिङ र दीर्घकालीन कर्जाका लागि ‘एल ए’ रेटिङ पाएको बुद्ध एयरले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ।

Esewa
Crest

बुद्ध एयरका अनुसार, अल्पकालीन कर्जा प्रयोजनको लागि साबिकको रेटिङ ‘ए टु ‘र दीर्घकालीन कर्जाको लागि ‘एलए माइनस’ रहेको थियो।

बुद्ध एयर घरेलु वायू सेवा क्षेत्रमा अग्रणी कम्पनी हो। २८ वर्ष पुरानो यो कम्पनीले १८ वटा एटिआर विमानमार्फत स्वदेशभित्र र भारतको बनारसका लागि उडान भर्दै अाएको छ।
बैंकिङ कर्जा प्रयोजनका लागि गरिएको रेटिङ भएपनि बुद्ध एयरले यो रेटिङले कम्पनीले सञ्चालन र सुरक्षा आवश्यकताका सम्बन्धमा वैश्विक मापदण्ड पुरा गरेको प्रमाणित गर्ने दाबी गरेको छ।
इक्रा नेपालले भने बुद्ध एयरको क्रेडिट रेटिङ सम्बन्धमा प्रेस विज्ञप्ती जारी गरेको छैन।
नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार, ५० करोड रूपैयाँभन्दा बढी बैंकिङ कर्जा उपभोग गर्ने कम्पनीले अनिवार्यरूपमा धितोपत्र बोर्डबाट मान्यता प्राप्त रेटिङ एजेन्सीमार्फत्  क्रेडिट रेटिङ गराउनुपर्छ। ऋणको उपभोग गरिरहँदासम्म प्रत्येक वर्ष अनिवार्यरूपमा रेटिङ गरिएको हुनुपर्छ।
क्रेडिट रेटिङ अन्तर्गत रेटिङ एजेन्सीले सम्बन्धित कम्पनीको कारोबारको आकार, कारोबारको विस्तार प्रवृत्ती, नाफा, जोखिमको स्तर, कर्जा र चुक्ता पूँजीलगायतका आधारमा वित्तीय सबलताको मूल्याङ्कन गर्छ। यस्तो मूल्याङ्कनका आधारमा कम्पनीले वित्तीय दायीत्वहरू समयमै पुरा गर्न सक्छ वा सक्दैन भन्ने निष्कर्ष रेटिङ एजेन्सीले निकालेको हुन्छ। वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमताका आधारमा न्यून जोखिम, मध्यम जोखिम वा उच्च जोखिमपूर्ण कम्पनीका रूपमा रेटिङ एजेन्सीले वर्गिकरण गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS