IME Life New

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट मुद्धती खाता खोल्न र कर्जा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभर डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्दै आएको कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना मुद्धती खाता भएका ग्राहकहरूका लागि अत्यन्तै उपयोगी सुविधा सुरु गरेको छ । कामना सेवा विकास बैंकको मोवाईल बैंकिङ एपवाट मुद्धती खाता खोल्ने सुविधा रहिरहेकोमा अब ग्राहकहरूले आफ्नो मुद्धती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एप ‘प्क्ष्ःयदष्भि’ मार्फत नै कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सकिने भएको छ ।

यसअघि मुद्धती खाताको कर्जा लिनका लागि ग्राहकहरूले अनिवार्य रूपमा नजिकको शाखा कार्यालयमा उपस्थित भई विभिन्न कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्थ्यो । तर, यस सुविधा पश्चात शाखामा नगईकनै मोबाइल एपबाटै सहज रूपमा कर्जा लिने कार्य सम्पन्न गर्न सकिने भएकोले ग्राहकको समयको बचत, सेवामा सरलता, र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ । व्यस्त समयमा समेत आफ्नो मुद्धतीखाताको रकम जुनसुकै वेला जुनसुकै स्थानवाट कर्जा लिन सकिने भए पश्चात कार्यालय समय पनी कुर्नु नपर्ने, बैंकको शाखा सम्म पनि पुग्नु नपर्ने भएसँगै ग्राहकहरु प्रत्यक्ष लाभान्वीत हुन विश्वास बैंकले लिएको छ ।

Esewa
Crest

ग्राहकहरुलाई बंैकसम्म पुग्नुपर्ने वाध्यतालाई क्रमिक रुपले अन्त्य गर्ने उद्धेश्यका साथ सेवा सुविधाहरुलाई प्रविधिमैत्री वनाउदै लगिएको हो । बैंकले यस भन्दा पहिले नै अनलाईनवाट खाता खोल्न सकिने, मोवाईल बैंकिङ एप वाट नै मुद्धती खाता खोल्न सकिने व्यवस्था गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS