IME Life New

गभर्नर पौडेलसँग विभिन्न कम्पनीको रु. १४ करोड बढीको शेयर, अरु कति छ सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसँग सवा १५ लाख बढी कित्ता शेयर रहेको छ।

राष्ट्र बैंकको गभर्नरको कार्यालयमा गभर्नर पौडेलले बुझाएको सम्पत्ति विवरणबाट यस्तो देखिएको हो। जसअनुसार उनीसँग ७ वटा कम्पनीको १५ लाख ३६ हजार ५८९ कित्ता शेयर रहेको देखिएको छ। यी शेयरको मूल्य १४ करोड ५ लाख ६७ हजार २०० रुपैयाँबराबरका छन्।

Esewa
Crest

सम्पत्ति विवरणअनुसार गभर्नर पौडेलसँग सबैभन्दा बढी संयुक्त ऊर्जा हाइड्रोपावारको ५ लाख कित्ता संस्थापक शेयर रहेको छ। त्यस्तै उनीसँग चितवन इर्जीको २ लाख ५० हजार कित्ता संस्थापक शेयर, सानिमा बैंकमा २ लाख ४४ हजार कित्ता संस्थापक शेयर, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ लाख ८८ हजार कित्ता संस्थापक शेयर, ग्लोबेको प्रालिको १ लाख ८६ हजार ८३४ कित्ता संस्थापक शेयर र सानिमा माई हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता साधारण (संस्थापकबाट रुपान्तरित) शेयर रहेको छ।

गभर्नर पौडेलकी पत्नी प्रतिभा शर्माको नाममा ग्लोबेको प्रालिको ७५ हजार कित्ता संस्थापक शेयर रहेको छ। यी सबै शेयर पैतृक सम्पत्ति तथा स्वआर्जनबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

यसैगरी गभर्नर पौडेलको ३ वटा बैंक खातामा १५ लाख ८२ हजार रुपैयाँ र ६६.७८ अमेरिकी डलर रहेको छ। पौडेलकी पत्नी प्रतिभाको ३ वटा बैंक खातामा ४ लाख ८६ हजार रुपैयाँ र ४ हजार ४४६.५८ अमेरिकी डलर रहेको छ। दुवैजनाको खातामा रहेको पैसा स्वआर्जनको रहेको सम्पत्ति विवरण उल्लेख छ।

ललितपुर र नवलपरासीमा घर र जग्गा सबै प्रतिभाको नाममा रहेको छ। घर निर्माण र जग्गा खरिद पैतृक र स्वआर्जनबाट गरिएको गभर्नर पौडेलले सम्पत्ति विवरणमा खुलाएका छन्।

प्रतिभाको नाममा करिब ४५ तोला र १५ लाख रुपैयाँबराबरको हीराका गहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सुन पैतृक रहेको र हीराको गहना स्वआर्जन रहेको बताइएको छ।

Governor property

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS