IME Life New

बजारमा ७ खर्ब ३६ अर्ब नगद परिचालन, झन्डै ४००% ले बढ्यो सरकारी ढुकुटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को जेठसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांकअनुसार जेठसम्म बजारमा ७ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ११ महिनाको अवधिमा नगद परिचालन ८.३५ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको ११ महिनामा सरकारी कोषको आकार ३८०.२२ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। जेठसम्म सरकारी कोषको आकार बढेर ३ खर्ब ७ अर्ब ११ करोड रुपैयाँको उचाइमा पुगेको छ।

शाखसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ६७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो। रिजर्भको आकार २२.८० प्रतिशतले बढेको छ।

आईएमएफसँग सम्बन्धित दायित्व ४० अर्ब ६२ करोड रुपैयाँ रहेको छ। असारसम्म आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS