काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को जेठसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।
तथ्यांकअनुसार जेठसम्म बजारमा ७ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ११ महिनाको अवधिमा नगद परिचालन ८.३५ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा सरकारी कोषको आकार ३८०.२२ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। जेठसम्म सरकारी कोषको आकार बढेर ३ खर्ब ७ अर्ब ११ करोड रुपैयाँको उचाइमा पुगेको छ।
शाखसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ६७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो। रिजर्भको आकार २२.८० प्रतिशतले बढेको छ।
आईएमएफसँग सम्बन्धित दायित्व ४० अर्ब ६२ करोड रुपैयाँ रहेको छ। असारसम्म आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ थियो।

















