IME Life New

अबको ८ वर्षमा वैश्विक स्वास्थ्य बीमा बजारको आकार दोब्बरले बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको स्वास्थ्य बीमा बजारको आकार अबको ८ वर्षमा दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ।

फर्च्युन बिजनेस इन्साइट्सले सन् २०३२ सम्म विश्व स्वास्थ्य बीमा बजारको आकार ४.४५ ट्रिलियन डलर पुग्ने अनुमान गरेको हो। सन् २०२४ मा विश्व स्वास्थ्य बीमा बजारको आकार २.१४ ट्रिलियन डलर रहेको छ।

Esewa
Crest

सन् २०२५ देखि २०३२ सम्म विश्व स्वास्थ्य बीमा बजार वार्षिक औसत ९.७ प्रतिशतको बढ्ने अनुमान गरिएको छ। यो प्रक्षेपित वर्षमा एसिया प्रशान्त क्षेत्रमा स्वास्थ्य बीमा बजार तीव्रगतिमा बढ्ने इन्साइट्सले अनुमान गरेको छ। स्वास्थ्यमा बढी खर्च र अझै थुप्रै जनसंख्या बीमाको दायरामा नआउनु र बढ्दो प्रविधिको प्रयोगले देशहरुमा स्वास्थ्य बीमाको माग बढ्दै गएको छ। विशेषगरी चीन, भारत र दक्षिण कोरियामा स्वास्थ्य बीमाको दायरा बढ्दै गएको पाइएको छ।

बढ्दो उपचार खर्च, बिरामी, शल्यक्रिया अनि दुर्घटनाजस्ता कारण पनि स्वास्थ्य बीमा बजार बढ्दै गएको छ।

बीएमजे ग्लोबल हेल्थका अनुसार अझै पनि उदयीमान बजारमा स्वास्थ्य बीमाको पहुँच थोरैमा मात्रै पुगेको छ। न्यून आय भएका देशहरुमा ७.९ प्रतिशत र न्यून मध्यआय भएका देशहरुमा २७.३ प्रतिशत जनतामा स्वास्थ्य बीमाको पहुँच देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS