IME Life New

बैंकहरुले असारमा कति बढाउलान् कर्जा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ऋण असुलीको चुनौति सामाना गरिरहेका बैंकहरुलाई असारमा कर्जा लगानी बढाउनैपर्ने दबाब छ। साना तथा मझौला उद्यमदेखि अन्य क्षेत्रमा समेत कर्जा प्रवाह अपेक्षित गतिमा नभएकाले कर्जा विस्तारमा केही सुधार ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन्।

पछिल्लो समय जलविद्युतका परियोजना तथा अन्य निर्माणका कार्य अगाडि बढ्दै गएको छ। जसले कर्जाको माग केही हदसम्म बढाएको छ।
गत जेठमा ३६ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गर्न सकेका बैैंकहरुले असारमा त्योभन्दा केही बढी कर्जा विस्तार गर्ने लक्ष्य बनाएका छन्।

Esewa
Crest

वैशाखमा ४ अर्ब रुपैयाँ घटेको कर्जा विस्तार जेठमा केही बढाएका थिए। सोही वृद्धिले असारमा समेत निरन्तरता पाउने उनीहरुको बुझाइ छ।
वाणिज्य बैंकहरुले गत वैशाखमा कर्जा विस्तार गर्नै सकेनन्। वैशाखमा ४ अर्ब रुपैयाँ घटेको कर्जा विस्तार जेठमा केही बढेको थियो। अब असारमा भने अझै केही कर्जा बढ्ने उनीहरुको बुझाइ छ। वैशाखसम्ममा वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ११ अर्ब रुपैयाँ थियो। जुन जेठमा ४९ खर्ब ४७ अर्ब पुगेको छ।

गत चैतसम्ममा वाणिज्य बैंकहरुले ४९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका थिए। यो वर्ष सबैभन्दा बढी कर्जा लगानी पुसमा भएको थियो। पुसमा ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा त्यसपछि फेरि घटेको थियो।

बैंकहरुले साउनमा ५३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेकोमा गत भदौमा ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। यस्तै मंसिरमा ४२ अर्ब रुपैयाँ ऋण विस्तार भएकोमा त्यसपछि सोभन्दा कम कर्जा विस्तार भएको छ। गत असारको तुलनामा साउनमा २ अर्ब रुपैयाँ कर्जा विस्तार बढेको थियो। २०८१ असारमा ४५ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको वाणिज्य बैंकहरुको कर्जा विस्तार साउनमा २ अर्ब रुपैयाँ बढेको थियो भने कात्तिकमा २ अर्ब रुपैयाँ घटेको थियो।

असारमा निर्माण क्षेत्र केही चलायमान भइरहेको छ। एकातिर आयात बढिरहेको छ भने अर्कातिर विस्तारै भए पनि निर्माण क्षेत्र चलायमान बनिरहेको छ। यस्तै कर्जाको ब्याजदर पनि निकै कम विन्दुमा झरेका कारण पनि अहिले कर्जाको माग क्रमशः बढ्न थालेको हो।

बैंकरहरु कर्जाको माग पनि केही बढिरहेको बताउँदै असारमा कर्जा बढ्ने विश्वासमा छन्। त्यसपछि क्रमशः कर्जा बढ्दै जाने उनीहरुको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS