IME Life New

इरानलाई हर्मुज मार्ग बन्द गर्नबाट रोक्न चीनलाई अमेरिकाको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई हर्मुजको जलडमरुम मार्ग बन्द गर्नबाट रोक्न चीनलाई अपिल गरेका छन्।

यो बयान त्यस्तो समयमा आएको हो जब इरानको सरकारी च्यानल प्रेस टीभीले इरानको संसदले हर्मुजको जलडमरुम मार्ग बन्द गर्ने योजनालाई अनुमोदन गरेको रिपोर्ट गरेको छ। यद्यपि अन्तिम निर्णय अझै पनि सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को हातमा छ।

Esewa
Crest

इरानको आणविक स्थलहरुमा अमेरिकी आक्रमणपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो। आइतबार फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा मार्को रुबियोले भने, ‘म चिनियाँ सरकारलाई इरानलाई फोन गरेर यसबारे कुरा गर्न भन्न चाहन्छु, किनभने चीन पनि आफ्नो तेलका लागि हर्मुजको जलडमरुम मार्गमा धेरै हदसम्म निर्भर छ।’

रुबियोले भने, ‘यदि इरानले जलडमरुम मार्ग बन्द गर्छ भने यो उनीहरुका लागि आर्थिक आत्महत्या जस्तै हुनेछ। हामीसँग यसको सामना गर्ने विकल्पहरु छन्। तर, अन्य देशले पनि यसमा ध्यान दिनुपर्छ, किनकि यसले हामीभन्दा उनीहरुको आर्थिक अवस्थालाई बढी असर गर्नेछ।’

हर्मुजको जलडमरुम मार्ग विश्वभर ग्यास र तेलको आपूर्तिका लागि रणनीतिक रुपमा महत्त्वपूर्ण छ। यसले मध्यपूर्वका तेल भण्डारक देशलाई एसिया, युरोप र उत्तरी अमेरिकालगायत विश्वका अन्य भागसँग जोड्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS