IME Life New

एयर इन्डिया र बोइङ विमान कति पटक भए घातक दुर्घटनाको सिकार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस महिना जुन १२ देखि १७ सम्म ८३ एयर इन्डिया उडानहरु रद्द गरिएका थिए। भारतको उड्डययन नियामक डीजीसीएको एक विज्ञप्तिअनुसार रद्द गरिएका यी ८३ उडानमध्ये ६६ बोइङ ७८७ मोडेलका विमानहरु थिए। जुन १२ मा गुजरातको अहमदाबादमा यस मोडेलको विमान दुर्घटनाग्रस्त भएको थियो।

अहमदाबाद दुर्घटनामा २७० जनाको मृत्यु भयो। यो पछिल्लो दशकको सबैभन्दा ठूलो विमान दुर्घटना हो। जुन १२ मा एयर इन्डियाको उडान एआई–१७१ २४२ जना सवार अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरेको थियो। तर, उडान भरेको केही सेकेन्डमै विमान दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा विमानमा सवार एक यात्रुमात्र बाँचे।

Esewa
Crest

यो विमान मेडिकल कलेजको होस्टेलमा ठोक्कियो। जसका कारण अन्य व्यक्तिहरु पनि यसको चपेटामा परे। यस दुर्घटनाको कारणहरुको अनुसन्धान अझै जारी छ।

तथ्यांकले के भन्छ ?

तथ्यांकको अध्ययनले देखाउँछ कि विगत ७८ वर्षमा एयर इन्डियाले ३० भन्दा बढी दुर्घटनाको सामना गरेको छ। यीमध्ये लगभग १४ दुर्घटनामा मानिसहरुको मृत्यु भएको छ।

सन् १९८५ मा उडान नम्बर एआई–१८२ मा भएको बम विस्फोटबाट सवार सबै ३२९ यात्रु मारिएका थिए। अहमदाबादमा भएको विमान दुर्घटना यसपछि एयर इन्डियाका लागि दोस्रो सबैभन्दा पीडादायी दुर्घटना बनेको छ।

डीजीसीएको पछिल्लो तथ्यांकअनुसार एयर इन्डिया भारतमा बोइङको सबैभन्दा ठूलो ग्राहक हो। यसको फ्लिटमा ५४ बोइङ विमान छन्। जसमध्ये २८ वटा बोइङ–७८७ शृंखलाका छन्।

यसको कम लागतको कम्पनी एयर इन्डिया एक्सप्रेससँग पनि ४८ विमान छन्, जसमध्ये ४३ बोइङ छन्। गत वर्ष नै यो एयरलाइन्सले २२० बोइङ विमान किन्नका लागि अर्डर गरेको छ। जसमध्ये २० वटा ७८७ शृंखलाका छन्।

अहमदाबाद विमान दुर्घटनापछि प्राविधिक कारणले गर्दा एयर इन्डियाका धेरै अन्य उडान रद्द गरिएका छन्। सान फ्रान्सिस्कोबाट मुम्बई जाने एयर इन्डियाको उडान कोलकातामा अवतरण गर्नुपर्यो। हङकङबाट दिल्ली जाने एयर इन्डियाको बोइङ ७८७–८ को उडान पाइलटले विमानमा प्राविधिक गडबडी भएको शंका गरेपछि बीचैमा फर्किनुपर्यो। दिल्लीबाट बडोदरा जाने अर्को उडान दिल्ली फर्किनुपर्यो। रिपोर्टअनुसार यो उडानको ल्यान्डिङ गियरमा केही गडबडी भेटिएको थियो।

बोइङसँग २५०० भन्दा बढी दुर्घटनाको अनुभव

बोइङ कम्पनी हाल वित्तीय र सुरक्षासम्बन्धी संकटको सामना गरिरहेको छ। यो विमान निर्माता कम्पनीले गत वर्ष प्रत्येक महिना १ अर्ब डलरको घाटा व्यहोरेको छ।

सन् २०१८ र २०१९ मा बोइङको ७३७ म्याक्स विमानमध्ये दुई उडान उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भए। यीमध्ये एउटा दुर्घटना इन्डोनेसियामा भएको थियो। जसमा १८९ जनाको मृत्यु भएको थियो। अर्को इथियोपियामा भएको थियो। जसमा १५७ जनाले ज्यान गुमाएका थिए। यी दुर्घटनाको पछाडि सफ्टवेयरमा गडबडी भएको भनिएको थियो। फलस्वरुप यस मोडेलका विमानहरुले १८ महिनासम्म उडान गर्ने मौका पाएनन्।

उड्डययन सुरक्षा नेटवर्कको तथ्यांकमा आधारित विश्लेषणअनुसार सन् २०१४ देखि २०२५ सम्म विश्वभर कम्तीमा ४० वटा घातक विमान दुर्घटना भएका छन्। यीमध्ये १२ वटा दुर्घटना बोइङ उडानसँग सम्बन्धित थिए।

यद्यपि, अहमदाबादमा दुर्घटनाग्रस्त बोइङ ७८७–८ ड्रिमलाइनर पहिलोपटक घातक दुर्घटनाको सिकार भएको छ। यसअघि पनि दुर्घटनाहरुको सिकार भएको भए पनि त्यसमा कसैले पनि ज्यान गुमाएका थिएनन्। बोइङले आजसम्म साढे दुई हजारभन्दा बढी विमान दुर्घटनाको सामना गरिसकेको छ। जसमा कम्तीमा ५०० दुर्घटनामा मानिसहरुको मृत्यु भएको छ।

विमान दुर्घटनाहरुले हवाई यात्राको सुरक्षामा प्रश्न

यदि नागरिक उड्डययनहरुमा हुने घातक दुर्घटनाको पुरानो तथ्यांकलाई हेर्ने हो भने सन् १९७० र १९८० को दशकमा यस्ता दुर्घटना धेरै सामान्य थिए भन्ने थाहा हुन्छ। यद्यपि, समयसँगै घातक दुर्घटनाहरुको वार्षिक तथ्यांकमा कमी आएको छ। उडानको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

सन् १९७० मा ६८ लाख विमान उडान गर्थे। जुन २०२४ सम्ममा बढेर ३ करोड ३८ लाख पुगेको छ। यो वृद्धि भए पनि विमान दुर्घटनाको संख्या निकै कम रहेको छ। सन् २०२४ मा १० लाख उडानमा विमान दुर्घटनाको दर ०.१२ रहेको छ।

उडानको बढ्दो संख्या बीच घट्यो घातक विमान दुर्घटना

तथ्यांकका अनुसार सबैभन्दा घातक विमान दुर्घटना यात्राको अन्त्य नजिकिँदै गर्दा हुन्छन्। सन् २०१५ र २०२४ को बीचमा सबै घातक व्यावसायिक विमान दुर्घटनाहरुको ३७ प्रतिशत अवतरणका क्रममा भएको थियो। यद्यपि अवतरणले कुल उडान समयको १ प्रतिशतमात्र ओगटेको छ। अर्कोतर्फ विमान हावामा हुँदा केवल १० प्रतिशत घातक दुर्घटना भएका थिए। जुन सम्पूर्ण उडान समयको ५७ प्रतिशत हो। –बीबीसीबाट भावानुवादित

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS