IME Life New

प्राधिकरणको हुकुमी आदेशले असारमा ४ दिन बीमा कारोबार ठप्प रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अव्यवहारिक निर्देशनका कारण चालु आर्थिक वर्ष २०८१।८२ को अन्तिम त्रैमासको असार महिनामा बीमकले २८ गतेपछि बीमालेख जारी गर्न नपाउने भएका छन्।

असार ३२ दिनको महिना भएकाले कार्य दिनका हिसाबले ४ र दिनगन्तीका हिसाबले ५ दिन बीमालेख जारी गर्ने काम पूर्ण रुपमा ठप्प हुने देखिएको छ।

Esewa
Crest

प्राधिकरणले २०८१ साउन ३१ गते ६५१ चलानी नम्बरको परिपत्रमार्फत जारी गरेको परिपत्रमा बीमकलाई कुनै पनि त्रैमासको अन्तिम महिनाको २८ गतेपछिको मितिमा बीमालेख जारी गर्न रोक लगाएको हो। तामझामका साथ सञ्चालनमा ल्याइएको प्राधिकरणको एकीकृत सूचना प्रणाली प्रभावकारी हुन नसक्दा बीमकले प्रभाव गर्ने सेवा वर्षमा कम्तीमा ८ कार्य दिनसम्म ठप्प पार्न लगाएको छ।

यसरी २८ गतेपछि बीमालेख जारी गर्न नपाउँदा बीमकले असोज, पुस, चैत र असार महिनामा २८ गतेपछि बाँकी २ देखि ३ दिनसम्म बीमालेख जारी गर्न पाएका छैनन् । यो त्रैमासको २८ गतेपछि प्राप्त हुने बीमालेख प्रस्तावका आधारमा अर्को महिनामा मात्र बीमालेख जारी गर्न बाध्य बनाइएको छ।

प्राधिकरणले परिपत्र जारी गर्दै प्रत्येक त्रैमासको २८ गतेपछि सो महिनाका लागि थप बीमालेख जारी नगर्न निर्देशन दिएकाले बीमकले कार्यालय खोलेर पनि बीमालेख बिक्री गर्न पाएका छैनन् । एक दिन पनि बीमा गर्न चुक्दा ठूलो क्षति भएको अवस्थामा सम्पत्ति मालिकले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आइपर्छ।

नेपाल बीमा प्राधिकरणले बीमकबाट हुने कारोबारको वास्तविक समयको तथ्यांक संकलन गर्न नियामक सूचना प्रणाली लागू गर्यो । प्राधिकरणले २०८० माघदेखि परीक्षण सुरु गरेर २०८१ साउनदेखि यो प्रणाली पूर्ण रुपमा लागू गरेको थियो।

नियामकीय एकीकृत सूचना प्रणाली (इन्स्योरेन्स रेगुलेटरी इन्फरमेसन म्यानेजमेन्ट सिस्टम, आईआरएमआईएस)ले बीमकबाट वास्तविक समयको कारोबार तथ्यांक संकलन गर्ने र पुरानो मितिमा हुने बीमा कारोबारमाथि अंकुश लगाउने नियामकीय उद्देश्य थियो। तर, जुन मूल उद्देश्य लिएर यो एकीकृत सूचना प्रणाली लागू गरियो, त्यही मूल उद्देश्य प्राप्त हुन सकेको छैन।

वास्तविक समयको कारोबार विवरण संकलन गर्न अयोग्य रहेका कारण प्राधिकरण बीमकले उपलब्ध गराउने बासी तथ्यांकमै पूर्ण निर्भर छ। यही कारणले प्राधिकरणले प्रत्येक त्रैमासमा दुईदेखि तीन दिनका दरले ४ वटा त्रैमासमा झन्डै ८ दिन बीमालेख बिक्री ठप्प पारिदिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी तथ्यांक संकलनमा वास्तविक समयको कारोबार विवरणमा छेडछाड गर्नेविरुद्ध शून्य सहनशीलताको नीति नेपाल राष्ट्र बैंकले लिएको छ। यसै कारणले कुनै पनि बैंक तथा वित्तीय संस्थाले कोर बैंकिङ सफ्टवेयरमा प्रविष्ट भएर कारोबार भएको विवरण छेडछाड गर्ने वा मेटाउने अभ्यास गर्दैनन्।

बीमा प्राधिकरणले प्रभावकारी एकीकृत सूचना प्रणाली कार्यान्वयन र बीमकले कारोबार तथ्यांक गर्ने छेडखानीविरुद्ध कडा नियामकीय कारबाही नगरेर कारोबार नै ठप्प पार्ने नीतिलाई कहिलेसम्म निरन्तरता दिने हो ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS