IME Life New

बंगलादेश मेडिकल कलेजमा तनाव बढेपछि होस्टेल खाली गर्न निर्देशन, नेपाली विद्यार्थीको के छ अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेश शैक्षिक परिषद्को आपतकालीन बैठकले राजधानी ढाकास्थित बंगलादेश मेडिकल कलेजमा तनावलाई मध्यनजर गर्दै बंगलादेशी विद्यार्थीका लागि अनिश्चितकालीन शैक्षिक कार्यक्रम स्थगित गरेको छ।

प्रथम आलोका अनुसार, बैठकपछि  पछि जारी गरिएको सूचनामा, सबै बंगलादेशी विद्यार्थीहरूलाई भोलि आइतबार मध्यान्ह १२:०० बजेसम्ममा आफ्नो छात्रवास खाली गर्न निर्देशन पनि दिइएको छ।

Esewa
Crest

यो सूचना विदेशी विद्यार्थीहरू र विश्वविद्यालयको व्यवसायीक एमबीबीएस परिक्षामा सहभागी हुनेहरूका लागि लागू हुनेछैन। उनीहरूको शैक्षिक कार्यक्रम यथावत सञ्चालन हुनेछ।

तुलनात्मकरूपमा सस्तो र गुणस्तरिय मेडिकल शिक्षाका कारण नेपाली विद्यार्थीहरूको मन पराइएको गन्तव्य हो बंगलादेश मेडिकल कलेज । यहाँ उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन् ।

मेडिकल कलेजका चौथो वर्षका विद्यार्थी अब्दुल्लाह अल नोमानले डेली स्टारका संवाददातालाई भने कि उनीहरूले हल खाली गर्ने प्राधिकरणको निर्णयलाई पालना गर्दैनन् र आफ्नो विरोध जारी राख्नेछन्। उनले भने,पुरानो शैक्षिक भवन र पुरुष विद्यार्थीहरूका लागि डा. फजले रब्बी होस्टेल र डा. अलिम चौधरी महिला होस्टेल नाजुक अवस्थामा छन् र अब शैक्षिक वा आवासीय प्रयोगको लागि उपयुक्त छैनन्।

छात्रवासको भवनहरूको भाैतिक संरचना ज्यादै कमजोर भएको र दुर्घटना निम्तिन सक्ने भन्दै विद्यार्थी संगठनहरूले मर्मत सम्भार गराउन र यो कार्यमा विद्यार्थीको संलग्नताको माग गर्दै गत मे २८ तारेदेखि एमबिबिएस तहको कक्षा बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS