IME Life New

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवर्द्धनमा मुख्य भूमिका निर्वाह गर्दै आएको अग्रणी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले बैंक वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरुको उपस्थितीमा नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले आज एक संयुक्त कार्यक्रमको आयोजना गरेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई थप प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरुको विशेष भुमिकालाई जोड दिँंदै आयोजना गरिएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा, नेपाल असोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष कुमार मणी थपलिया, होटल असोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महत , नेपाल पर्यटन बोर्डका निर्देशकसन्तोष पन्त, एलिपेका कन्ट्री म्यानेजर सिट्टिपोङ्ग किट्टिप्रापापोङ्ग , एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, लगायत विभिन्न बैंक वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

एनसीएचएल र एण्ट इन्टरनेश्नलले गत वर्ष कार्तिक महिनमा नेपालपे क्यूआर र एलिपेबीच क्रस–बोर्डर भुक्तानीको शुरुवात गरेका थिए । उक्त क्रस–बोर्डर भुक्तानी अन्तर्गत १७ भन्दा बढि अन्तर्राष्ट्रिय डोमेस्टिक इ–वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालमा नेपालपे क्यूआरको नेटवर्कमा रहेका १२ लाख भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सकिने अवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS