IME Life New

उपत्यकामा २४ घन्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुन्छः मन्त्री यादव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौं उपत्यकावासीका घरघरमा २४ सैँ घन्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् । आज बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खोपानी लिमिटेडलाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँवासीले अब वर्षा र हिउँदका कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने तथा मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने विश्वास दिलाए ।

उनले भने, “काठमाडौँवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्याङ्की निर्माण गरी परीक्षण कार्यपनि सफल भएको छ । अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छ ।”

Esewa
Crest

विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौँमा मेलम्चीको पानी आउने गरेको उदाहरुण भएपनि आफुले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि असोज महिनामै यहाँ पानी ल्याएर खुवाउन सफल भएको उनको भनाई छ ।

मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिसत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पुर्‍याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

उनले भने,“खानेपानीलाई मानवअधिकारको रूपमा सुनिश्चित गर्दै, पहुँचविहीन बस्तीमा समेत समान पहुँच र गुणस्तर सुनिश्चित गर्ने हाम्रो मुख्य प्राथमिकता हो । सोही अनुसार हामीले आफ्नो काम अगाडि बढाएका छौँ ।”

‘स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ’ को परिकल्पनालाई साकार पार्ने उद्देश्यले निर्माण गरिएको यो आयोजना केवल खानेपानी आपूर्तिमै सीमित नरहने तथा यो आयोजना एक महत्वपूर्ण र रणनीतिक पाइला भएकाले यसले समग्र नगरपालिकाको विकासमा ठूलो योगदान पुर्‍याउँने मन्त्री यादवले बिश्वास व्यक्त गरे ।

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको बिकल्प मेलम्ची नै भएको जिकिर गरे । उनले भने, “काठमाडौँमा पानी आपूर्तिका लागि मेलम्चीको बिकल्प मेलम्ची नै हो तर वर्षाले गर्दा मेलम्चीको ढोका बन्द गर्नु परे यहाँ शिवपुरी लगायतका क्षेत्रबाट पनि थप पानी ल्याइ वितरण गरिने छ ।”

काठमाडौँ उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि काम एवं प्रयास भईरहेको भएपनि वन मन्त्रालय र निकुञ्जले विभिन्न कानुनी अड्चन थाप्दा समस्या उत्पन्न भइरहेको गुनासो गरे ।

उक्त खानेपानी आयोजनाको निर्माण बागमती प्रदेश सरकार अन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं। ५, बुढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिचाँईमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का वडाअध्यक्ष राम केशी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, भ्यालीबोर्डका प्रमुख डा शञ्जिबवीक्रम राणा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS