IME Life New

पदमा कोलोनीको प्लटिङमा घुस लिएका मेयर बस्नेत दोषी ठहर,दश वर्षसम्म जेल हुनसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीतापाइलामा पदमा कोलोनीको आवासीय योजनाका लागि जग्गाको न्यून मूल्याङ्कन गरिदिएर घुस लिएको अभियोगमा विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतलाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर गरेको हो । बस्नेतले श्रोत खुलाउन नसकेको १३ करोड १२ लाख रुपैंया भ्रष्टाचारबाट कमाएको विशेष अदालतको ठहर छ । विशेष अदालतले घुस लेनदेनमा संलग्न पदमा कोलोनी प्रा. लि. का सञ्चालक राजु कँडेललाई दोषी ठहर गरेको छ ।

Esewa
Crest

पद्मा कोलोनी प्रा. लि. र पदमा मर्चेन्ट कम्पनीलाई लाभ हुने गरी नीतिगत निर्णय गरेर मेयर बस्नेतले घुस लिएको प्रमाणा सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदलातमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतले घुस दिएका ती दुई कम्पनीलाई बिगो तिराउने फैसला गरेको छ।

कँडेलले अवैध आर्जनको मुद्दामा भने विशेष अदालतबाट सफाई पाएका छन् । मेयर मोहन बस्नेतकी पत्नी उर्मिला बस्नेतले पनि सफाई पाएकी छन् ।

जगतगुरु कृपालुजी महाराजको नाममा बन्ने प्रतिष्ठानका लागि जग्गा किन्ने भन्दै नागार्जुन नगरपालिकाले ७ अर्ब ४८ करोड रुपैयाँ पाउन सहमति दिएको थियो । त्यो ठाँउको जग्गाको भाउ बढाएर बस्नेतले पछि त्यसवापत लाभ लिएको अख्तियारको दाबी थियो ।

४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाको मूल्याङ्कन जम्मा १९ लाख रुपैयाँ कायम गरेर मेयर बस्नेतले अनुचित लाभ लिएको अख्तियारको दाबी थियो । घुस लेनदेनका लागि बैंक खातामार्फत २ करोड १५ लाख, जग्गा खरिद गर्दा ६ करोड ८२ लाख रूपैयाँ भुक्तानी दिलाएको अभियोग थियो। यसैगरी छोराको बिहेको लागि खर्च समेत पदमा कोलोनीको लगानीकर्ताबाटै भराएको अख्तियारको अनुसन्धानका क्रममा खुलेको थियो। मेयर बस्नेतले बिहेका लागि मात्र २४ लाख ७२ हजार रुपैयाँ खर्च लिएका थिए ।

बस्नेतलाई भ्रष्टाचार निवारण ऐनको प्रावधान बमोजिम आठदेखि १० वर्ष कैद सजाय हुनेछ। उनले विशेषको फैसलाविरूद्ध सर्वोच्चमा रिटमार्फत पुनरावेदनको निवेदन दिन सक्ने विकल्प बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS