काठमाडौं । जल तथा माैसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा मकवानपुरको हेटाैंडा आसपासको क्षेत्रबाट बग्ने खोला र नदीमा आकस्मिक बाढीको संभावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागले शुक्रबार राती ९ः२० बजे सूचना प्रकाशन गर्दै पछिल्लो ३ घण्टामा मकवानपुरको हेटौँडा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।
विभागका अनुसार हेटाैंडा आसपास भई बहने कर्रा, सामरी, पूर्वी राप्ती नदी लगायत स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने र आवागमन गर्नेहरूले सावधानी अपनाउनुपर्नेछ।

















