IME Life New

कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ता रोस्टरमा सहभागी हुन आउन प्राधिकरणको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ता रोस्टरमा सहभागी हुन आउन आह्वान गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल बीमा प्राधिकरणको समन्वयनमा निर्माण भएको कृषि तथा पशुपन्छी बीमाको रियल टाइम सफ्टवेयरमार्फत बीमा गर्ने कार्य सुचारु भइसकेको छ। कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ को दफा २८ अनुसार दुर्घटना बीमाबाहेक कृषि, पशुपन्छी तथा जडीबुटी बीमा दाबीअन्तर्गत ५ लाख रुपैयाँ बीमांक रकमसम्मको क्षतिको मूल्यांकन बीमक आफैँले र सोभन्दा बढीको क्षतिको मूल्यांकन मूल्यांकनकर्ताबाट गराउनुपर्ने व्यवस्था रहेको छ।

Esewa
Crest

सोही निर्देशिकाको दफा २९ वमोजिम योग्यता पुगेको व्यक्ति वा संस्थालाई प्राधिकरणको url:http://alis.nia.gov.np मा गई खाता (अकाउन्ट) बनाई सफ्टवेयरको प्रणालीको रोस्टरमा सहभागी हुनका लागि प्राधिकरणले यो सूचना प्रकाशन गरेको छ। यसका साथै रोस्टरमा सहभागी भएका क्षति मूल्यांकनकर्ताले मात्र सफ्टवेयर प्रणालीबाट कृषि तथा पशुपन्छी बीमाको क्षति मूल्यांकनकर्ता भई कार्य गर्न पाउने प्राधिकरणले स्पष्ट पारेको छ।

व्यक्तिगत रुपमा क्षति मूल्यांकनकर्ता भई कार्य गर्न आवश्यक योग्यता

  • नेपाली नागरिक,
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि वा वनस्पति वा पशुपन्छीसम्बन्धी विषयमा कम्तीमा १० जोड २ वा प्रवीणता प्रमाणपत्र तह वा सोसरहको परीक्षा उत्तीर्ण गरेको,
  • समिति वा समितिको स्वीकृति लिई बीमकले सञ्चालन गरेको क्षति मूल्यांकनकर्तासम्बन्धी अनुसूची–८ वमोजिमको तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको।

संस्थाका रुपमा क्षति मूल्यांकनकर्ताका रुपमा कार्य गर्न आवश्यक योग्यता

  • प्रचलित कानुन बमोजिम दर्ता भएका कृषि कार्यसँग सम्बन्धित फर्म वा कम्पनी हुनुपर्ने,
  • संस्थाको उदेश्यमा कृषि पशुपन्छी तथा जडिबुटी बीमाको क्षति मूल्यांकनकर्ता भई कार्य गर्ने भन्ने व्यवस्था उल्लेख हुनुपर्ने,
  • संस्थाको कुनै एक जना सञ्चालक वा पदाधिकारी वा मुख्य व्यवस्थापक वा संस्थाको कार्यकारी प्रमुख भई कार्य गर्ने व्यक्तिले बुँदा नं. (१) बमोजिमको योग्यता पूरा गरेको हुनुपर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS