IME Life New

बाढीपहिरोको क्षतिः सम्पत्ति बीमातर्फ करिब साढे ३ अर्ब दाबी भुक्तानी, अन्य क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्ष असोज दोस्रो साताको अविरल वर्षाबाट सिर्जित बाढीपहिरोबाट भएको क्षतिमा सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी भुक्तानी भएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ २८ गतेसम्म निर्जीवन बीमकहरुबाट प्राप्त विवरणबाट यस्तो देखिएको हो। १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले बाढीपहिरोबाट भएको क्षतिमा सम्पत्ति बीमातर्फ १ हजार ४१५ दाबीमा ३ अर्ब ४४ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

Esewa
Crest

हालसम्म सम्पत्ति बीमातर्फ १ हजार ७८७ वटा दाबीको बीमकहरुले ८ अर्ब ४० करोड ३९ लाख रुपैयाँ देखिएको छ। अब बीमकहरुले ४०४ वटा दाबीको ४ अर्ब ४५ करोड ५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

यसैगरी दोस्रो धेरै दाबी भुक्तानी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाको भएको छ। बीमकहरुमा कुल २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँबराबरको ३१९ वटा दाबी परेको थियो। जसमा बीमकहरुले १९३ वटा दाबीको ७० करोड ३० लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् भने १३१ वटा दाबीको २ अर्ब ९ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ।

तेस्रोमा दाबी भुक्तानी मोटर बीमा (निजी)तर्फको भएको छ। बीमकले कुल ९५२ वटा दाबीको ४४ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ८५६ वटा दाबीको ३७ करोड २२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अब १०० वटा दाबीको ७ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

त्यस्तै बीमकहरुले मोटर बीमा (सार्वजनिक)तर्फ ३४५ वटा दाबीको २८ करोड २७ लाख रुपैयाँ, पशुपन्छी बीमातर्फ ७३ वटा दाबीको ३ करोड ७१ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ २१ वटा दाबीको १ करोड ७८ लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ १३१ वटा दाबीको १ करोड ५ लाख रुपैयाँ र विविधतर्फ २२ वटा दाबीको ८५ लाख रुपैयाँ भुक्तानी गरेका छन्। बीमकहरुले मोटर बीमा (सार्वजनिक)तर्फ ४५ वटा दाबीको ४ करोड ४७ लाख रुपैयाँ, पशुपन्छी बीमातर्फ ३ वटा दाबीको ५२ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ ३ वटा दाबीको १ करोड ९३ लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ ६ वटा दाबीको १८ लाख रुपैयाँ र विविधतर्फ ४ वटा दाबीको २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

बीमकहरुमा हालसम्म ३ हजार ५६ वटा दाबीको ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अब बीमकहरुले ६९६ वटा दाबीको ६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकबाट देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS