IME Life New

पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र रजिलो पे पेमेन्ट सर्भिसेजको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५, भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७, भुक्तानीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का विभिन्न प्रावधान उल्लंघन गरेको पाइएकोले ती दुवै भुक्तानी सेवाप्रदायक संस्थाको लाइसेन्स राष्ट्र बैंकको सञ्चालक समितिको असार ५ गते बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा २५ को उपदफा (१)को खण्ड (च)को व्यवस्थाअनुसार ती दुवै संस्थाको लाइसेन्स खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ।

Esewa
Crest

राष्ट्र बैंकबाट पेवेल नेपालले २०७७ असोज ११ गते र सजिलो पे पेमेन्टले २०७७ चैत १७ गते अनुमतिपत्र पाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS