IME Life New

बाढीपहिरो गएको ९ महिना बित्न लाग्दा पनि बीमा दाबीको करिब ४०% मात्र रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्ष असोज दोस्रो साता अविरल वर्षाबाट उत्पन्न बाढीपहिरोले ठूलो धनजनको क्षति भयो। बाढीपहिरो गएको ९ महिना बित्न लाग्दा पनि बीमा कम्पनीहरुले परेको दाबी रकमको करिब ४० प्रतिशतमात्रै भुक्तानी दिएका छन्।

लामो समयपछि नेपाल बीमा प्राधिकरणले बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी र भुक्तानीसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले जेठ २८ गतेसम्ममा १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकमा परेको बीमा दाबी र भुक्तानीसम्बन्धी विवरण सार्वजनिक गरेको हो।

Esewa
Crest

तथ्यांकअनुसार १८ वटा कम्पनीमा ३ हजार ७१२ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको १२ अर्ब २७ करोड ५७ लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

प्राधिकरणकै तथ्यांकअनुसार ती बीमा कम्पनीहरुले ३ हजार ६५ वटा दाबीको ४ अर्ब ८७ करोड ४२ लाख ५२ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। कुल दाबी रकमको कम्पनीहरुले ३९.७१ प्रतिशतमात्रै भुक्तानी गरेका छन्।

यसैगरी प्राधिकरणकै तयांकअनुसार कम्पनीहरुले अझै ६९६ वटा दाबीको कम्पनीहरुले ६ अर्ब ६९ करोड ४२ लाख १ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी दाबी भुक्तानी रकम दिनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४२८ वटा दाबीको १ अर्ब ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ। अब यो कम्पनीले ८६ वटा दाबीको ८० करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ।

दोस्रो धेरै दाबीभुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले हालम्म ४५८ वटा दाबीको ५६ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले ४९ वटा दाबीको ५५ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

त्यस्तै तेस्रो धेरै दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३५७ वटा दाबीको ५१ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। कम्पनीले ८९ वटा दाबीको ५७ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

बीमा कम्पनीहरुको दाबी भुक्तानी विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS