IME Life New

स्वदेशी पुनर्बीमकले प्राप्त गर्ने अनिवार्य प्रत्यक्ष हिस्सा साउन १ गतेदेखि ४% मा झर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी बीमकबाट दुई पुनर्बीमा कम्पनीले ट्रिटी पुनर्बीमा अन्तर्गत प्राप्त गर्दै आएको प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन) अन्तर्गतको अनिवार्य पुनर्बीमा आगामी आर्थिक वर्ष ४ प्रतिशतमा घट्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिका २०८० को प्रावधानअुनसार आगामी आर्थिक वर्ष २०८२।८३ मा प्रत्यक्ष हिस्सा ४ प्रतिशतमा झर्ने भएको हो । चालु आर्थिक वर्षमा यो हिस्सा ६ प्रतिशत रहेको छ।

Esewa
Crest

प्राधिकरणले निजी क्षेत्र प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्योरेन्सका लागि व्यापार सुनिश्चित गरिदिन प्राधिकरणले प्रारम्भमा परिपत्र र पछि निर्देशिका जारी गरेको थियो। परिपत्रमार्फत प्राधिकरणले पहिलो वर्ष प्रत्यक्ष हिस्साबापत दुबै पुनर्बीमकलाई समान २० प्रतिशत हिस्सा अनिवार्य उपलब्ध गराउन सबै बीमा कम्पनीलाई निर्देशन दिएको थियो।

पछि पुनर्बीमा निर्देशिका जारी गरेर आर्थिक वर्ष २०८४।८५ सम्म शून्यमा झार्ने गरी प्राधिकरणले १० देखि २ प्रतिशतका दरले प्रत्यक्ष हिस्सा बाँडफाँटको प्रतिशत तोकिदिएको थियो। निर्देशिकाको प्रावधानअनुसार आर्थिक वर्ष २०८३।८४ मा प्रत्यक्ष हिस्सा २ प्रतिशतमा झर्नेछ।

नेपाल बीमा प्राधिकरणले निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमकको व्यवसाय सुनिश्चित गरिदिनका लागि गरेको अनिवार्य प्रत्यक्ष हिस्सा बाँडफाँटको प्रावधान ल्याएको भन्दै आलोचनासमेत भएको थियो।

प्रत्यक्ष हिस्साबापतको व्यवसायको बाँडफाँटपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमाबराबर हुने गरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने प्रावधान भने कायमै रहनेछ। यो प्रावधान कायमै रहँदा स्वदेशी दुईमध्ये कुनै एक पुनर्बीमकले प्राप्त गर्ने पुनर्बीमाको हिस्सा बढ्नेछ। यसो हुनुको खास कारण के हो भने प्राधिकरणले ‘प्रत्यक्ष हिस्साबापतको व्यवसायको बाँडफाँटपछि’ भन्ने बाक्यांश प्रयोग गरेर बाध्यात्मक प्रावधानलाई निरन्तरता दिएको छ। प्रत्यक्ष हिस्साबापतको बाँड्नै पर्ने हिस्सा शून्यमा झरेको अवस्थामा बाँकी रहने सतप्रतिशत व्यवसायकै ३० प्रतिशत स्वदेशी पुनर्बीमकलाई दिनुपर्नेछ।

कुनै पनि बीमा कम्पनीले जोखिम बहन गर्न सक्ने क्षमताभन्दा धेरै गुणा बढी जोखिम बहन गर्ने गरी बीमालेख बिक्री गरेका हुन्छन्।पूर्वपरिभाषित जोखिमपूर्ण अवस्था उत्पन्न भइहाले बीमितलाई बीमालेखवापतको क्षतिपूर्ति रकम भुक्तानी गर्ने क्षमता कायम गर्न बीमा कम्पनीले अरु बीमकसँग सम्झौता गरेका हुन्छन् । यस्तो पुनर्बीमा सम्झौतामार्फत आफ्नो जोखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरिदिन्छन्। बीमकले बीमितसँग बीमाशुल्क लिएझैँ पुनर्बीमा कम्पनीले पनि बीमकसँग जोखिम बहनबापत पुनर्बीमा शुल्क लिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS